नेपाल तरुण दल र नेविसंघद्वारा आगलागी पिडितलाई राहत बितरण

1.3K

नेपाल तरुण दल र नेविसंघद्वारा आगलागी पिडितलाई राहत बितरण


कपिलवस्तु,१५ जेठ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १ ले शिवराज नगरपालिका वडा नः ९ स्थित दश गाउमा मङगलबार राती भएको आगलागी पिडितलाई राहत बितरण गरेको छ ।आपतकालिन घटनामा परेकाहरुलाई तत्काल राहात बितरण गर्दै आएको तरुण दल र नेबिसघंले आगलागी पिडितलाई करिव ९० हजार बराबरको राहात सामाग्री बितरण गरेको छ । तत्काल आवश्यक पर्ने डसना, सिरानी, चामल सहित पाठ्य पुस्तक जलेर बिद्यालय जान नपाएका बिद्यार्थीलाई झोला, कापि तथा कलम र ड्रेस बितरण गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति एवम पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले तरुण दल र नेबिसघंले गरेको काम उदारणीय भएको बताउदै थप राहातका लागी स्थानिय सरकारलाई आग्रह समेत गरेका थिए । पार्टी जागरण अभियानमा ब्यस्त रहेका बेला आफनो कर्तब्यलाई बुझदै राहात बितरण गरेकोमा आचार्यले प्रशंसा गर्नु भएको थियो ।

अहिले तत्कालको सहयोगले पिडामा मलम लाग्ने भन्दै यस्ता कार्यले दुखमा परेको बेला पिडितलाई भरोसा र साहस दिलाउने बताउदै नेपाली कांग्रेस सधै जनताको हक र हितका लागि कार्य गर्ने सधै जनताको पार्टी भएको र भोलिका दिनमा पनि जनताकै पक्षमा रहने बताउनु भयो ।
नेपाल तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी(शक्ति)ले हालसम्म यसरी आपतकालिन अवस्थामा परेकालाई बिभिन्न समयमा गरि करिव १० लाख बराबरको राहात सामाग्री बितरण गरिसकेको बताउनु भयो ।

नेविसंघ र तरुण दल बोल्ने मात्र हैन काम गर्ने र जनताका हरेक सुख दुःखमा साथ मा साथ काधमा काध मिलाउने बताउनु भयो । ९ घरपरिवारका घरमुलीलाई चामल,डसना,सिरानी, र तिनै घरका १४ जना बालबालिकालाई झोला, बिद्यालय पोशाक, कापि कलम बितरण गरेको हो ।

नेपाल बिद्यार्थी संघ क्षेत्र नम्बर १ का छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले अहिलेको सरकार जहिल्लै हावादारी कुरा गरेर जनतालाई ढाटेको र देसमा बिपत पर्दा जनताको पक्षमा काम गर्न नसकेको भन्दै जे जस्तो भएपनि कोहि पनि दुख पाउनु हुदैन भन्ने हाम्रो मान्यता हो ।सरकारले गर्ला नगर्ला तर हामिले जे सक्यौ त्यही सहयोग गरेका छौ भन्दै आगामी दिनमा पनि नेविसंघ तरुण दल नेपाली कांग्रेस सधैव दुखको बेला लागि पर्ने बताउनु भयो ।

राहात बितरण कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सचिव प्रेम रायमाझी, महासमिति सदस्य दुर्गा सेन, हुमकान्त खनाल, तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापा, नेबिसघं क्षेत्र नम्बर ५ का सभापति बिश्वमणी खनाल, नेपाली काँग्रेसका नेता बिनोद नेपाल पुर्व छेत्रीय सभापति हरि श्रेष्ठ बिद्यार्थी नेता अच्युत अर्याल, शिवराज नगर सभापति मधु पोख्रेल लगायत विभिन्न तहका नेविसंघ तरुण दल र नेपाली कांग्रेसका नेताहरुको साथै को सहभागिता रहेको थियो ।