तिलोत्तमा इन्ष्टिच्यूटमा लोकसेवा अभिमुखिकरण

1.3K

तिलोत्तमा इन्ष्टिच्यूटमा लोकसेवा अभिमुखिकरण

बुटवल, १८ जेठ । बुटवल मिलनचोकमा रहेको तिलोत्तमा ईन्ष्टिच्युटले लोकसेवाको तयारीमा रहेका बिद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरेको छ । शनिबार एक कार्यक्रमका बिच उनीहरुलाई लोकसेवा परीक्षामा कसरी प्रस्तुत हुने, तयारी गर्नुपर्ने कुराहरु, लेखन बिधि तथा शैली लगायतका बिषयमा अभिमुखिकरण गरेको हो ।

कार्यक्रममा रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, निजामती सेवाका अधिकृतहरु किशोर आचार्य, बालकृष्ण थापा, श्यामकुमार पौडेल, श्रीकृष्ण पोखरेल, सञ्जिवनी नर्सिङ् कलेजका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले लोकसेवा तयारीका बिषयमा अभिमुखिकरण प्रशिक्षण गर्नुभएको थियो ।

तिलोत्तमा ईन्ष्टिच्युटका सञ्चालक नविन अधिकारीको अध्यक्षतामा भएको उक्त अभिमुखिकरणमा लोकसेवा तयारीमा रहेका २ सय बढी बिद्यार्थी सहभागि थिए । कार्यक्रममा बोल्दै रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले निजामती सेवामा रहँदाका आफ्ना अनुभव सुनाउँदै ढृण संकल्प गरेर लागेमा लोकसेवा पास गर्न सकिने बताउँनु भयो ।

ईन्ष्टिच्युटका सञ्चालक अधिकारीले आफूले प्रदेश पाँचमा धेरै बिद्यार्थीलाई पास गराउन सफल भएको बताउँदै आगामी दिनमा समेत बिषय बिज्ञ शिक्षक ल्याएर अझै बिशिष्टिकृत स्तरको कक्षा सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सञ्जिवनी कलेजका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले तयारी कक्षा प्रदायक सस्थाहरुले लोकसेवा आयोग आकांक्षीलाई सही मार्गनिर्देश गर्ने भएकाले यस्ता संस्थाबाट लाभ लिन आग्रह गर्नुभयो ।

कार्यक्रममा लोक सेवा आयोग बिज्ञ किशोर आचार्यले अधिकृत, नासु लगाएतका विषयबस्तुका विषयमा प्रकाश पार्नुभएको थियो । त्यसै अवसरमा आफ्नो संस्थामा अध्ययन गरि अधिकृत, नासु, खरिदार तथा संस्थानमा उत्तिर्ण भएकालाई सम्मान समेत गरिएको थियो ।