नेकपामा विभागहरु गठन, कार्यविभाजन

1.3K

नेकपामा विभागहरु गठन, कार्यविभाजन

बुटवल, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीको दोस्रो पूर्ण बैठकले जिल्ला कमिटीका विभागहरु गठन गर्नुका साथै जिम्मेवारी बाँडफाँड तथा कार्यविभाज गरेको छ । एक सय ७५ सदस्यीय जिल्ला कमिटीमा ५७ सदस्यीय सचिवालयसमेत गठन भएको छ ।

पार्टीको बैठकले सचिवलाय गठन, विभागहरु गठन, जनसंगठन तथा भूगोलको जिम्मेवारी, निर्वाचन क्षेत्र (प्रतिनिधि सभा र प्रदेश सभा) अन्तर्गतका इन्चार्ज र पार्टी कार्यकर्ताको सदस्यता नवीकरण (लेवी) सम्बन्धी निर्णयहरु गरेको छ ।

क्षेत्रीय इन्चार्जहरुमा प्रतिनिधि सभा तर्फ क्षेत्र नं. १ मा यज्ञ गैरे, २ मा तेजेन्द्र केसी, ३ मा हितराज पन्थी, ४ मा गुलाम अली र ५ मा नरबहादुर थापालाई जिम्मेवारी दिइएको छ । यस्तै ती क्षेत्रीय कमिटीका सचिवहरुमा क्रमशः गोविन्द पंगेनी, हुमानाथ न्यौपाने (सुदीप), प्रेम गुरुङ, शिवचन यादव र भोला बस्याल रहेका छन् ।
प्रदेश सभाका निर्वाचन क्षेत्रहरुमा संयोजक र सचिवमा क्रमश क्षेत्र नं. १–१ मा सञ्जय गुप्ता र मोती ढकाल, १–२ मा हेमन्त पाण्डे र इन्द्रजित यादव, क्षेत्र नं. २–१ मा शिव घिमिरे, देवी वाग्ले, २–२ मा नारायण भट्टराई र टीका वली, क्षेत्र नं. ३–१ मा गंगा कार्की र विष्णु तिवारी, ३–२ मा रामप्रसाद रेग्मी र आशिष थारु, ५–१ मा जीवनाथ पाण्डे र हस्तबहादुर सावर, ५–२ मा लक्ष्मी मिश्रा र शान्ति लोध चयन भएका छन् ।

बैठकले स्कुल विभाग प्रमुखमा पार्टीका अध्यक्ष शिवराज सुवेदी, संगठन विभाग प्रमुख नारायण जिसी (निर्मल), कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख गोपाल राना, अर्थ तथा योजना विभाग प्रमुख मिनप्रसाद पौडेल, प्रचार विभाग प्रमुख मोहन चापागाईँ, सहकारी विभाग प्रमुख ऋषि सापकोटा, स्थानीय तह विभाग प्रमुख चित्रबहादुर कार्कीलाई जिम्मेवारी तोकेको छ ।

यस्तै विभाग अन्तर्गतै सामाजिक सेवा (कल्याण) विभागको प्रमुखमा खेमप्रसाद लुइँटेल, कानुन विभाग प्रमुखमा खुमाकान्त पौडेल, उद्योग व्यवसाय विभाग प्रमुखमा गोपाल राना, शिक्षा तथा मानव स्रोत विभागमा युवराज घिमिरे, कृषि तथा भूमि सुधार विभागमा अयोध्या थारु, वन तथा वातावरण विभागमा वेद गिरी, सांस्कृतिक विभागमा प्रेम गुरुङ चयन भएका छन् ।

यस्तै पर्यटन प्रवद्र्धन तथा नागरिक उड्यन विभाग प्रमुखमा बासुदेव घिमिरे, भौतिक पूर्वाधार तथा सहरी विकास निर्माण विभागमा जागेश्वरदेवी चौधरी, युवा तथा खेलकुद विभाग प्रमुखमा ध्रूव आचार्य, जलस्रोत तथा खानेपानी तथा सरसफाई विभाग प्रमुखमा यज्ञ गैरे, उपभोक्ता हित तथा आपुर्ती विभागमा बिमला पन्थी, श्रम तथा रोजगार विभाग प्रमुखमा जलिल मिया र स्वास्थ्य तथा विज्ञान प्रविधि विभागको प्रमुख शिव घिमिरेलाई जिम्मेवारी दिइएको छ ।

बैठकले जनसंगठन तर्फ अखिल नेपाल किसान महासंघ इन्चार्जमा किसन ज्ञवाली, विद्यार्थी इन्चार्जमा राजेन्द्र ढकाल, नेपाल ट्रेड युनियन महासंघ इञ्चार्जमा हुमाकान्त काफ्ले छन् । युवा इन्चार्जमा जयबहादुर धामी, मुक्तिसमाज इन्चार्जमा कमला विक, पेशागत महासंघ इञ्चार्जमा वेलप्रसाद शर्मा रहेका छन् ।