क्यानको १ करोड ८५ लाखको छात्रबृत्ति

1.3K

क्यानको १ करोड ८५ लाखको छात्रबृत्ति

बुटवल, २२ साउन । सूचना प्रविधिमा अध्ययन गर्ने चाहना भएका विद्यार्थीलाई लक्षित गरि कम्युटर एशोसियसन नेपाल महासंघले छात्रवृतिको कार्यक्रमलाई निरन्तरता दिएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित गतवर्ष ३३ जनालाई छात्रवृति दिएको क्यानले यसवर्ष ४९ जनालाई छात्रवृति दिने भएको हो ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि क्यानका उपाध्यक्ष रामुदेव गौतमले यसवर्ष ४९ जनालाई १ करोड ८५ लाख ३६ हजार बराबर रकमको छात्रवृति प्रदान गरिने बताउनु भयो । प्रत्येक प्रदेशबाट ४ जना दरले २८ जना छात्रालाई पूर्ण छात्रवृति र आइसीटी मेरिट स्कलरशिप प्रत्येक तीन जनाका दरले २१ जनालाई आंशिक छात्रवृति प्रदान गरिने छ । गत वर्ष पनि क्यानले छात्रबृत्तिकालागि ४९ जनालाई छनौट गरेको थियो ।

गरिव तथा बिपन्न परिवारका बालबालिकालाई छनौट गरिएका कारण उनीहरु काठमाण्डौमा समेत बस्न सक्ने स्थिती नभएकाले ३३ जनाले मात्रै छात्रबृत्ति प्राप्त गरेको क्यान महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष नवराज कुवँरले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष त्यसलाई समेत ध्यान दिएर छात्रबृत्तिकालागि बिद्यार्थी छनौट गरिने छ ।

मलेशियाको एसिया प्यासेफिक युर्निभिसिटि अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा संचालित लर्ड बुद्ध एजुकेशन फाउण्डेसनमा स्नातक तह अन्तरगत बिएससी आईटीको अध्ययन गर्न पाउने छन ।

लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलानले क्यानमार्फत समृद्धि, सरस्वती, संस्कृति, शक्ति, साथी गरि पाच प्रकारका स्कलरसिप दिईने बताउनु भयो । नेपाल सरकारको मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित प्लस टु सरह अध्ययन गरेको देशका कुनै पनि विद्यार्थीले आवेदन दिन सक्ने छन् । यहि साउन ३२ गते फर्म भर्ने अन्तिम दिन रहेको उहाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा क्यान महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष रोशन कंडेल क्यान रुपन्देहीका कोषाध्यक्ष जीवन अधिकारीले पनि छात्रबृत्तिसम्बन्धि जानकारी गराउनु भएको थियो ।