इन्टलेक्च्यूअलका बिद्यार्थीद्वारा डेंगु सम्बन्धी सचेतना

1.3K

इन्टलेक्च्यूअलका बिद्यार्थीद्वारा डेंगु सम्बन्धी सचेतना

बुटवल २७ भदौ । इन्टलेक्च्यूअल एकेडेमी, ११ कालिकानगर बुटवलका विद्यार्थीले डेंगुरोग सम्बन्धी सचेतना ¥याली सहित कोणसभा गरेका छन् । इन्टलेक्च्यूअल जुनियर रेडक्रस सर्कल र बाल क्लवको संयुत्त आयोजनामा गरिएको कार्यक्रममा विद्यार्थीले कालिकानगर, योगीकुटी शान्तीचोक, देवीनगर हुदै देवसिद्धचोक सम्म सचेतना ¥यारी प्रदर्शन गरेका हुन् । ¥यारीमा विद्यार्थीहरुले तयार गरेका डेंगुरोग सम्बन्धी प्ले कार्डहरु प्रदर्शन गरेका थिए ।
¥यारी पश्चात देवसिद्ध चेकमा आयोजित कोणसभामा बुटवल उपमहानगरपालिका वार्ड नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले विद्यालयका विद्यार्थीहरुले गरेको सामाजिक उत्तरदायित्व सम्बन्धीको कार्यक्रमको प्रसंसा गर्नुभयो ।
सभामा विद्यार्थी सिमरन थापाले डेंगु रोग सम्बन्धी विस्तृत जानकारी गराएकी थिइन् । विद्यार्थी एन्जीला पोख्रेलको संचालन र वबि गुरुङको अध्यक्षतमा कार्यक्रम भएको थियो । कोण सभामा स्थानीको उल्लेखनीय सहभागिता रहेको थियो ।