पाँच लाखकालागि गोली हानी हत्या

1.3K

पाँच लाखकालागि गोली हानी हत्या

बुटवल, २९ भदौ । बैंकवाट रकम निकालेर घरजादै गर्दा रुपन्देहीमा अज्ञात समुहको गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवा स्थित हिमालयन बैकबाट रकम भिकेर घर तर्फ जाँदै गरेका ओमसतिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको अज्ञात समुहले चलाएको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने समुहले उनको साथमा रहेको ५ लाख लुटेर लगेको बताईएको छ । कुर्मीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए । कर्मीको बायाँ कुममा गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हृदय थापाले गोली लागेर कुर्मीकोे मृत्यु भएको पुष्टी गर्नुभयो । गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।