प्यूठान रुपन्देही सम्पर्क मञ्चमा रक्तदान

1.3K

प्यूठान रुपन्देही सम्पर्क मञ्चमा रक्तदान

बुटवल, ५ असोज । प्यूठान रुपन्देही सम्पर्क मञ्चले गरेको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् । सामाजिक क्षेत्रमा काम गर्दै आएको मञ्चले आइतबार बुटवलमा रक्तदान कार्यक्रम गरेको थियो ।
मञ्चले दशौं साधारण सभा तथा पाँचौ अधिवेशनको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रमको आयोजना गरेको मञ्चका सचिव श्यामलाल पोखरेलले जानकारी गराउनु भयो । बुटवलस्थित रक्तसञ्चार सेवा केन्दमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै प्रदेश सभा सांसद हरि रिजालले सामाजिक संघसंस्थाले गरेको योगदानकै कारण अहिले रक्तदान गर्ने परम्पराको बिकास भएको र रगतकै अभावका कारण कसैले पनि ज्यान गुमाउनु पर्ने स्थितीको अन्त्य भएको बताउनु भयो ।
अर्का प्रदेश सांसद तारा जीसीले डेंगुको प्रकोप बढेको अवस्थामा रक्तदान गरेर मानिसको जीवन बचाउने काममा सरिक हुन सबैलाई आग्रह गर्नुभयो । प्यूठान रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष पदमबहादुर जीसीको अध्यक्षता, सचिव श्यामलाल पोखरेलको सञ्चालन र कार्यक्रम संयोजक प्रदीप जीसीको स्वागतमा कार्यक्रम भएको थियो ।
२०५९ सालमा स्थापित मञ्चले समयसमयमा रक्तदान प्राकृतिक प्रकोप पिडितलाई आर्थिक लगायतका सहयोग गर्दै आएको छ ।