क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी सहित राजिनामा माग

1.3K

क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी सहित राजिनामा माग

बुटवल, ८ असोज । नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रमुखको कार्यकक्षमा पुनः तालाबन्दि गर्दै क्याम्पस प्रमुखको राजिनामा माग गरेको छ । नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका सभापति दिनेश पौडेलले बुधबार एक बिज्ञप्ती जारी गरि क्याम्पस प्रमुखले त्रिभूवन विश्वबिद्यालयको बिधि बिधानमा रहेर स्वतन्त्र रुपमा काम गर्नुपर्नेमा कुनै राजनीतिक पार्टीको भातृ संस्थाको ठेक्केदार बनेको आरोप लगाउँदै क्याम्पस प्रमुखको राजिनामा माग गरिएको उल्लेख गर्नुभएको छ ।
क्याम्पसमा यहि असोज ६ गते लिईएको बिएससी सिएसआईटी बिषयको प्रवेश परिक्षामा पहिलो लिष्टमा नाम निकालेका ५३ जना बिद्यार्थी भर्ना भएको र बाँकी बिद्यार्थीलाई प्राप्तांकको आधारमा दोस्रो, तेस्रो हुँदै प्राप्तांकको आधारमा भर्ना गर्नुपर्नेमा क्याम्पस प्रशासनले रातारात सूचना टाँसेर न्यून अंक ल्याएका आफ्ना आसेपासेलाई भर्ना गराएको भन्दै क्याम्पस प्रमुखको राजिनामा माग गरेको हो ।
उक्त विज्ञप्तीमा नेपाल बिद्यार्थी संघले यहि बिषयलाई लिएर मंगलबार साँझ क्याम्पस प्रमुखको कार्यकक्षमा गरिएको तालाबन्दी क्याम्पस प्रमुखले केही राजनीतिक बिद्यार्थी संगठनलाई प्रयोग गरि ताला फूटाएको आरोप लगाईएको छ । उक्त कार्यको जिम्मेवारी लिन र नेबिसंघले लगाएको ताला फोर्ने समुहलाई पहिचान गरि पक्राउ नगर्दा सम्मकालागि पून तालाबन्दि गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । २४ घण्टा भित्र आफ्ना माग पुरा नभए थप संघर्षका कार्यक्रम गरिने समेत चेतावनी दिईएको छ ।
यता क्याम्पस प्रमुश शशि शर्मा सुवेदीले ७२ जनाको कोटामा ७५ जना नाम निकालिएपनि सबै बिद्यार्थी भर्ना नभएको र पुन भर्नाकालागि भर्नाका प्रकृया पुरा गरेर सूचना टाँस गर्दा केही समय ढिला भएको स्वीकार गर्नुभयो । उहाँले क्याम्पस प्रशासनलाई पुरा कोटामा बिद्यार्थी आउँदैनन् की भन्ने पनि चिन्ता हुने भएकाले पुरा कोटामा बिद्यार्थी पढाउनकालागि पनि त्यसो गर्नुपरेको बताउनु भयो ।