उच्च अदालत तुलसीपुर बुटवल इजलास : मुद्धा फस्र्यौटमा लक्ष्यभन्दा अंगाडी

1.3K

उच्च अदालत तुलसीपुर बुटवल इजलास : मुद्धा फस्र्यौटमा लक्ष्यभन्दा अंगाडी

खेमानन्द पाठक/बुटवल, १० असोज । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्य भन्दा बढी मुद्धा फस्र्यौट भएका छन् । अदालतले चालु आर्थिक वर्षमा २ हजार २७ मुद्धा फस्र्यौट गर्ने लक्ष्य लिएकोमा असोजको ८ गतेसम्म ४६३ थान मुद्धा फस्र्यौट भएको उच्च अदालत तुलसीपुर बुटवल इजलासका बरिष्ठतम न्यायधिश शेषराज सिवाकोटीले जानकारी दिनुभयो ।
अदालतले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४१४ मुद्धा फस्र्यौट गर्ने लक्ष लिएकोमा ४६३ थान मुद्धा लक्ष्य भन्दा बढी फस्र्यौट भएको अदालतले जनाएको छ । यसका आधारमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४९ वटा लक्ष्य भन्दा बढी फस्र्यौट भएको हो । त्यस्तै उच्च अदालत तुलसीपुर बुटवल इजलासमा पहिलो तीन महिनामा ५३४ थान मुद्धा दर्ता भएका थिए ।
चालु आर्थिक वर्षकालागि ९७२ थान जिम्मेवारी सेरका मुद्धा छन् भने ३ हजार ८२ नायाँ दार्ता हुने लक्ष्य लिईएको थियो । अदालतमा दर्ता भएमध्ये अव १ हजार ७६ मुद्धा फस्र्यौट गर्न बाँकी छ । जसमा १ वर्ष भित्रको १ हजार २७, १ वर्षदेखि १८ महिनासम्मको ३९ र २ वर्ष भित्रको १ थान मुद्धा फस्र्यौट गर्न बाँकी रहेको अदालतले जनाएको छ ।