शाईन रेसुङ्गा, भार्गव र पूर्णीमा बैंकको एकिकृत कारोवार सुरु हुँदै

1.3K

शाईन रेसुङ्गा, भार्गव र पूर्णीमा बैंकको एकिकृत कारोवार सुरु हुँदै

बुटवल, १८ असोज । शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकसंग पूर्णीमा बिकास बैंक र भार्गव विकास बैंक बीच मर्जर प्रकृया पुरा गरि यहि असोज २७ देखि एकिकृत कारोवार सुरु गर्दैछन् । शाईन रेसुङ्गाले पूर्णीमा र भार्गवलाई प्राप्त गर्ने प्रकृया पुरा भएपछि बैंकको केन्द्रीय कार्यालय बुटवलमा र नाम शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक नै रहने छ ।
असार २७ गते तिनवटै विकास बैंकको विशेष साधारण सभा गरि मर्जर तथा प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका थिए । राष्ट्र बैंकले यी संस्थालाई मर्जर तथा प्राप्तिको लागि स्वीकृति दिएको थियो भने सम्पति तथा दायित्व शाइनको हुने गरि कम्पनी रजिस्ट्रारको कार्यालयले पनि स्वीकृति प्रदान गरिसकेको छ ।
बैंकले मर्जर पछि कायम हुने पँुजीको ४ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिसकेको छ । हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक दुई विकास बैंकहरूलाई प्राप्ति गरेपश्चात राष्ट्रिय स्तरको विकास बैंक बन्ने छ ।