कपिलवस्तु , २२ असोज । कपिलबस्तु जिल्लाको एक मात्रै सामुदायिक बिद्यालयमा प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटिईभिटि)ले तीन वर्षे डिप्लोमा इन जियोमेटिक्स ईञ्जिनियरिङ् (नापी सर्वेक्षक) अध्यापनकालागि स्वीकृति दिएको छ ।

जिल्लाको दक्षिणी भेगमा पर्ने सुद्धोधन गाउँपालिका वडा नं. ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय औरहिया(मुडफुटवा) लाई उक्त कार्यक्रमको स्वीकृति प्रदान गरेको हो । सिटिईभिटीले नेपाल अधिराज्यका ६ बिद्यालयमा मात्र डिप्लोमा इन जियोमेटिक्स ईञ्जिनियरिङ् (नापी सर्वेक्षक) बिषयमा प्राबिधिक शिक्षा कार्यक्रमकालागि स्वीकृति प्रदान गरेको छ । त्यसमध्ये कपिलबस्तु जिल्लामा एक मात्रै दक्षिणी भेगको राष्ट्रिय माध्यमिक बिद्यालय हो । जिल्लाको दक्षिणि भेगमा सञ्चालन भएका बिद्यालयको तुलनामा अब्बल बिद्यालय ठहरिएको कारण नै सिटिईभिटिले प्राबिधिक शिक्षा सञ्चालनको अनुमति दिएको बताउँदै बिद्यालयका प्राचार्य लालचन्द्र पाण्डेयले सिटिईभिटिले उक्त कार्यक्रम सञ्चालनकालागि निर्धारण गरेको मापदण्ड पुरा गरेको बताउनु भयो ।
४८ बिद्यार्थीकालागि सिट निर्धारण गरि स्वीकृति प्रदान गरिएको उक्त कार्यक्रम सञ्चालनकालागि ल्याव सहित १६ वटा कक्षा कोठा, पाठ्यक्रममा आधारित सबैप्रकारका ल्याव, अनिवार्य हुनुपर्दछ । सिटिईभिटिको मापदण्ड पुरा गर्नकालागि बिद्यालयको आफ्नै स्रोत प्रयाप्त नभएकाले गाउँपालिकाबाट ५ लाख सहयोग प्राप्त भएपनि प्रयाप्त नभएको प्रचार्य पाण्डेय बताउनु हुन्छ ।
कार्यक्रम सञ्चालन गर्नकालागि शिक्षकलाई तलव खर्च मात्रै वार्षिक २० लाख रुपैंया लाग्छ भने ल्याव सञ्चालनकालागि पहिलो वर्ष २० लाख लाग्ने र प्रत्येक वर्ष दुई ढाई लाख रुपैंयाको सामान थप्नुपर्ने उहाँले जानकारी गराउनु भयो । तीन वर्षे सिभिल ईञ्जिनियरिङ्कालागि सिटिईभिटिले ३ लाख रुपैंया शुल्क निर्धारण गरेको छ । तर कपिलबस्तुको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले तीन वर्षको १ लाख २० हजार रुपैंया मात्रै शुल्क निर्धारण गरेको छ । सिटिईभिटिको मापदण्ड अनुसार अहिले स्वीकृति प्राप्त बिद्यालयले बिद्यार्थीलाई फारम वितरण गरिरहेका छन् । कात्तिक १ गतेसम्म फारम भर्ने कार्यक्रम छ भने कात्तिक १४ गते प्रवेश परिक्षा गरि सिट क्षमता अनुसार बिद्यार्थी छनौट हुने कार्यक्रम भएकाले सिट सिमित भएकाले आफ्नो सिट सुरक्षित गर्न विद्यालयले आवहान समेत गरेको छ । २०२३ सालमा स्थापना भएको उक्त बिद्यालयले २०६१ मा माबि सञ्चालन गरेको थियो भने ०६६ मा उच्च माध्यमिक बिद्यालय सञ्चालन गरेको थियो ।