तरुण दल र नेविसंघ कपिलवस्तुले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै मनायो दशैँ

1.3K

तरुण दल र नेविसंघ कपिलवस्तुले विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै मनायो दशैँ


कपिलवस्तु २३ असोज । नेपाली काँग्रेसको भातृसंथा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ कपिलवस्तु क्षेत्र नम्बर १ ले बाणगंगा नगरपालिका वडा नम्बर १० पटना भावपुरका बिपन्न ५६ जना विद्याथीसंग दशैँ मनाएको छ ।

वडा नम्बर १० का विभिन्न विद्यालयमा अध्यनरत विपन्न विद्यार्थीहरु छानेर दशैँको टिका लगाइदिदै उनिहरुलाई आवश्यक पर्ने कपि र कलम वितरण गरिएको थियो । शैक्षिक सामाग्री वितरण गर्दे नेपाली कांग्रेस महासमिति सदस्य दुर्गा सेनले नेपाल तरुण दल र नेवि संघले कपिलवस्तु जिल्लाकै नयाँ नमुना काम गरेको बताउदै नेपाली काँग्रेसले अवको दशै देखि जिल्ला भर यस्तो किसिमको कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्तिसिंह ठकुरीले दशैँमा हुने खाने मानिसमा खुसी छरिए पनि विपन्न परिवारमा निरासा मात्र सिर्जना हुने भएकाले ती बालबालिकामा दशैँमा खुसीको वातावरण छरी उनीहरुले पनि दशैँको महसुस गर्न सकुन भन्ने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर १ का सभापति चन्द्रकान्त पोख्रेलले सरकारले गरीव दःुखीको लागि केही गर्न नसकेको भन्दै अब नेपाल तरुण दल र नेबि संघले यो अविभारा पुरा गर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता विष्णु न्यौपान बिष्णु न्यौपाने, शक्तीराज ज्ञवाली, तरुण दल छेत्रीय सभापति तिलक थापा, सचिव गोबिन्द आचार्य,नेपाली काँग्रेसका नगर सल्लाहकार गुरुदेव पौडेल, शिक्षक संघका नगर उपसभापति चन्द्रकान्त पोख्रेल, तरुण दल नगर सचिव प्रबिन पौडेल, बिद्यार्थी नेता हरि ढुङ्गाना, तरुण दलका पवन थापा,केशव रेग्मी, वडा सदस्य रामनछ्यत्र चौधरी,स्थानिय समाजसेवी सत्यनारायण थारु, दिनेश क्षेत्री ,कोसेली रास्कोटी,छोटेलाल थारु,धनबहादुर पल्ली सागर बिक लगायतले शुभकामना दिनु भएको थियो ।