बुटवल, २५ असोज । यो बर्ष औषत भन्दा १९ दिन ढिला गरी मनसुन नेपालबाट बाहिरिएको छ । औषत समयभन्दा १० दिन ढिलागरी जुन २० मा नेपाल प्रवेश गरेको मनसुन १९ दिन ढिला गरि शनिबारदेखि बाहिरिएको जल तथा मौषम बिज्ञान बिभाग मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका आधारमा यो वर्ष नेपालमा ११५ दिन मनसुन रह्यो ।
सामान्यतया १० जुनदेखि २३ सेप्टेम्बरसम्मको अवधिलाई नेपालको मनसुनको अवधि मानिन्छ । यो वर्ष १० दिन ढिला गरी २० जुनमा मनसुन नेपाल प्रवेश गरेको थियो ।
महाशाखाका अनुसार उपलब्ध तथ्यांक अनुसार नेपालमा सन् १९७९ को ७३ दिनको मनसुन सबै भन्दा छोटो र सन् २००८ को १३० दिनको मनसुन सबै भन्दा लामो मनसुन रहेको छ । त्यस्तै मनसुन आगमन सन् १९९६ मे ३१ मा अहिलेसम्मको सबै भन्दा छिटो र १९८२ जून २७ मा अहिलेसम्मको सबैभन्दा ढिला भएको थियो भने मनसुन बहिर्गमन सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ र सबैभन्दा ढिला सन् २०१३ अक्टुबर १९ मा रहेको छ महाशाखाले जनाएको छ ।
