बुटवल, २६ असोज । यो वर्षको बडा दशैं सकिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको यस वर्षको दुर्गा पक्ष (दशैँ पर्व) आज (आईतबार) महालक्ष्मीको पुजा–आराधना गरी सकिएको हो । दशैंको अन्तिम दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ । आईतबार कोजाग्रत पूर्णिमाको दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बसेर १५ दिन लामो दशैं समापन गर्ने प्रचलन छ ।
माता दुर्गाका तीनवटा रूपमध्येका एक रूप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गर्ने प्रचलन छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
