बुटवल, २८ असोज । रुपन्देही उद्योग संघको २१ औं अधिवेशनकालागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्ष पदमा एकल उम्मेदवारी परेको छ ।
संघको आगामी बिहिबार ४१ औं साधारण सभा तथा २१ औं अधिवेशन हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्वकालागि अध्यक्ष पदमा मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष बाबुराम बोहोराले उम्मेदवारी दिनुभएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष पदमा माधवप्रसाद शर्मा पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुलीको एकल उम्मेदवारी परेको निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारहरुको नामावलीमा छ ।
त्यसभन्दा तलका पदमा भने दोहोरो उम्मेदवारी परेको छ । संघको एक महासचिव पदमा शिवकुमार पाठक र जिवकान्त काफ्लेले उम्मेदवारी दिनुभएको छ । त्यस्तै कोषाध्यक्ष पदमा हरिबहादुर खत्री र दिपक खनाल, सचिव पदमा हिरामणी भट्टराई र चन्द्रकान्त खनाल, महिला सचिवमा मायाँ खनाल र रेनुका खरेल तथा सहकोषाध्यक्ष पदमा गिरीराज गैरे र माधव रेग्मीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी एशोसियत तर्फ सदस्य खुल्ला एक पदकालागि सुमन बस्याल, सिमरानादेखि लुम्बिनी १ पदमा मोहनीलाल रिजाल, संस्थागत सदस्य १ पदकालागि अशोक कुवँर, सेवाबाट लालहरी पाण्डे, दुई महिला सदस्यमा मन्जु भुसाल, शारदा पहारी र रमा पौडेल पराजुली, सिद्धार्थनगर क्षेत्रबाट यादव गैरे र रमेशचन्द्र मुराउ, योगीकुटी पड्सरी क्षेत्रबाट दुई सदस्य पदमा ऋषिराम भण्डारी, अशोककुमार क्षेत्री, कृष्णप्रसाद पाण्डे, बिशाल बेलबासेले उम्मेदवारी दिनुभएको छ ।
त्यस्तै पश्चिम क्षेत्रबाट दुई सदस्य पदमा यमलाल भट्टराई, खड्गबहादुर कुवँर, हिमलाल पोखरेल र जोगराज अधिकारी, पूर्व क्षेत्रबाट रमेशचन्द्र रेग्मी र दिनेश चौधरीले उम्मेदवारी दिनुभएको छ । त्यसैगरी ९ खुल्ला सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । जसमा सरला भण्डारी, माधवप्रसाद नेपाल, सुरेन्द्र ज्ञवाली, सन्दिप सापकोटा, कुलप्रसाद पराजुली, यादव घिमिरे, मित्रलाल न्यौपाने, युवराज आचार्य, नारायण पाठक, प्रेमबहादुर आले, लालबहादुर थापा, बसन्त ढकाल, लोटन बानियाँ र सरोज चौधरी रहनु भएको छ । यद्यपी उम्मेदवारी फिर्ता लिने समय भने बाँकी नै रहेको निर्वाचन समितिले जनाएको छ ।
