बुटवल, १ कात्तिक । रुपन्देही उद्योग संघको २१ औं अधिवेशनबाट महासचिव पदमा लोकतान्त्रिक प्यानलबाट जिवकान्त काफ्ले निर्वाचित हुनु भएको छ । संघको आगामी कार्यकालकालागि अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष पदमा सर्बसम्मत नेतृत्व चयन भएपनि महासचिव सहित तलका पदमा बिहिबार निर्वाचन भएको थियो ।
नेकपा निकटका व्यबसायीको नेतृत्व गर्दै महासचिवमा प्रतिस्पर्धा गरेका शिवकुमार पाठकलाई २० मतले पछाडी पार्दै लोकतान्त्रिक प्यानलबाट काफ्ले निर्वाचित हुनु भएको हो । महासचिव पदमा निर्वाचित काफ्लेले ३५९ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी पाठकले ३३९ मत प्राप्त गर्नुभएको थियो । लोकतान्त्रिक प्यानलबाट महासचिव सहित महिला सचिव, सहकोषाध्यक्ष र दुई महिला सदस्य निर्वाचित भएका छन् । लोकतान्त्रिक प्यानलबाट महिला सचिवमा ३४७ मत सहित मायाँ खनाल, सहकोषाध्यक्षमा ३५५ मत सहित गिरिराज गैरे तथा महिला सदस्यमा ४६ मत सहित रमा पौडेल पराजुली र ३२ मत सहित मञ्जु भुसाल निर्वाचित हुनु भएको हो ।
बाँकी सबै पदमा नेकपा निकटका व्यबसायी निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा ३८२ मत सहित हरिबहादुर खत्री, सचिवमा ३९२ मत सहित हिरामणी भट्टराई निर्वाचित हुनु भएको छ ।
त्यस्तै खुल्ला सदस्य पदमा शरला भण्डारी (५८६), माधवप्रसाद नेपाल (४५८), सुरेन्द्र ज्ञवाली (५४९), सन्दिप सापकोटा (४१६), नारायण पाठक (४२१), युवराज आचार्य (४२४), प्रेमबहादुर आले (४९३), लालबहादुर थापा (४२२) र बसन्त ढकाल (४४१) मत सहित विजयी हुनु भएको छ ।
त्यस्तै क्षेत्रगतरुमा सिद्धार्थनगर क्षेत्रबाट यादव गैरे (४१८), योगीकुटी पड्सरी क्षेत्रबाट ऋषिराम भण्डारी (४०७) र बिशाल बेलबासे (३८५), पश्चिम क्षेत्रबाट यमलाल भट्टराई (४४९) र खड्गबहादुर कुवँर (३०६), पूर्वक्षेत्रबाट रमेशचन्द्र रेग्मी (४३३) मत सहित निर्वाचित हुनु भएको छ ।
संघको नयाँ कार्यसमितिको अध्यक्ष पदमा बाबुराम बोहोरा, वरिष्ठ उपाध्यक्ष पदमा माधवप्रसाद शर्मा पौडेल, प्रथम उपाध्यक्षमा दिलिप सापकोटा र द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली निर्बिरोध निर्वाचित भईसक्नु भएको थियो । त्यस्तै एशोसियटबाट मोहनीलाल रिजाल र सुमन बस्याल, संस्थागतबाट अशोक कुवँर तथा सेवाबाट लालहरी पाण्डे यस अंगाडी नै सबैसम्मत निर्वाचित भईसक्नु भएको थियो ।
