नेपाल र चीन बिचको सहमति सम्झौता असंवैधानिक : प्रमुख सचेतक खाँण

1.3K

नेपाल र चीन बिचको सहमति सम्झौता असंवैधानिक : प्रमुख सचेतक खाँण

बुटवल, ४ कात्तिक । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले चीनीयाँ राष्ट्रपति सि चीनपिङ र नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारी बिचको दुई देशीय सहमति र समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक भएको टिप्पणी गर्नुभएको छ ।
उहाँले चीनका राष्ट्रपति सि कार्यकारी र नेपालकी राष्ट्रपति भण्डारी सेरेमोनियल भएका कारण दुई राष्ट्रपति बिचको सहमति तथा समझदारी पत्रमा भएको हस्ताक्षर असंवैधानिक भएको बताउनु भएको हो । उहाँले संबिधानले नेपाल सरकारलाई कार्यकारी जिम्मेवारी प्रदान गरेकाले सरकारको तर्फबाट सेरेमोनियल राष्ट्रपतिले सहमति समझदारी पदत्रमा हस्ताक्षर गर्न निमल्ने बताउनु भयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहनुभएका नेता खाँणले चीनीया राष्ट्रपतिसंग नेपालका प्रधामन्त्रीले सहमति तथा सम्झौतामा हस्ताक्षर गरेको भएमात्रै संवैधानिक मान्न सकिने उल्लेख गर्नुभयो । ‘एउटा कार्यकारी राष्ट्रपतिसंग अर्को सेरेमोनियल राष्ट्रपतिले संवाद गर्न सक्छ ।’ उहाँले भन्नुभयो–‘तर सरकारको तर्फबाट उहाँले हस्ताक्षर गर्न मिल्छ र ?’ अहिलेको कम्युनिष्ट सरकार हामीले थाहा पाउने नपाउने हिसावले संविधानको वरखिलापमा हिँडीरहेको छ, निरंकुशताको यात्राले मुलुकलाई पनि दुर्घटनामा पु¥याउँछ र त्यसले सबैभन्दा बढी क्षेती नेकपाकै हुन्छ, प्रधानमन्त्री ओलीकै हुन्छ । उहाँले टिप्पणी गर्नुभयो ।
उहाँले राष्ट्रपति तथा अहिलेको कम्युनिष्ट सरकारले संविधानलाई भत्काएर एकदलीय सामान्तवाद ल्याउन खोजेको उहाँले आरोप लगाउनु भयो । ‘उहाँहरु संविधानको वर्खिलापमा हिँड्न खोज्नुभाछ ।’ उहाँले भन्नुभयो–‘त्यसलाई बडो संवेदनशिल रुपमा लिनुपर्दछ भन्ने मलाई लागेको छ ।’
नेपाली काँग्रेस बुटवल उपमहानगरपालिका वडा नं. ११ ले सोमबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता खाँणले चीनसंग मैत्रीपूर्ण सम्बन्ध रहेपनि पछिल्लो समय चीनले नेपालमा चीनीया कम्पुनिष्ट शासन व्यबस्था सञ्चालन गर्न खोजेका प्रति असहमती प्रकट गर्नुभयो ।
कम्युनिष्ट शासन नेपाली जनताकाप्रति स्वीकार्य नभएकाले त्यस्तो कुचेष्ठा नगर्न र असफल भईसकेका प्रधानमन्त्री केपी ओलीलाई धेरै भिटामिन नखुवाउन पनि उहाँले चीनीया सरकारलाई आग्रह गर्नुभयो ।
वडा सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएका कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ, पूर्व सांसद सुरेन्द्र यादव, रुपन्देही जिल्ला सचिव रामकृष्ण खाँण, महासमिति सदस्य युवराज गिरी, प्रदेश सभा सदस्य रमा अर्याल, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, बुटवल ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, रुपन्देही उद्योग संघका महासचिव जिवकान्त काफ्ले, क्षेत्रीय प्रतिनीधि साबित्रा टण्डन, वडा सचिव दुर्गाबहादुर खत्री, बालकृष्ण अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसै अवसरमा हालै सम्पन्न रुपन्देही उद्योगसंघको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचित महासचिव जिवकान्त काफ्ले, सदस्यहरु मञ्जु भुसाल र रमा पराजुलीलाई सम्मान गरिएको थियो ।