तरुण दलको स्थापना दिवसमा बिद्यालयलाई बिद्युतीय सामाग्रि प्रदान

1.3K

तरुण दलको स्थापना दिवसमा बिद्यालयलाई बिद्युतीय सामाग्रि प्रदान

कपिलबस्तु, ७ कात्तिक । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको ६६ औं स्थापना दिवसमा नेपाल तरुण दल कपिलबस्तुले बिद्यालयलाई बिद्युतीय सामग्रिह प्रदान गरेको छ । नेपाल तरुण दल कपिलबस्तुले बुधबार एक कार्यक्रमको आयोजना गरि बाणगंगा १० करेलीयामा कपिलबस्तुमा रहेको कामता माध्यमिक बिद्यालय र जनकल्याण प्राथमिक बिद्यालय बालापुरलाई बिद्युतीय सामग्रि (प्रंखा) प्रदान गरेको हो । दरुण दल कपिलवस्तुले कामता माध्यमिक विद्यालयलाई ११ थान र जनकल्याण प्राथमिक विद्यालय बालापुरलाई ५ थान पंखा सेट प्रदान गरिएको तरुण दल कपिलबस्तुका सभापति शक्तिसिंह ठकुरीले जानकारी दिनुभयो ।
त्यस अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य अत्तहर कमाल मुसलमानले नेपाल तरुण दलले नेपाली समाजलाई सम्बृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।
नेपाल तरुण दल २०१० साल कात्तिक १० गते स्थापना भएको थियो । यो वर्ष कात्तिक १० गते नेपालीहरुका महान पर्व दीपावली (लक्ष्मी पुजा) परेकोले त्यसैको अवसरमा बुधबार नै स्थापना दिवस मनाईएको तरुण दल कपिलबस्तुका सभापति ठकुरीले जानकारी गराउनु भयो ।
पंखा ग्रहण गर्दै कामता माध्यमिक विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष मुकेश खनालले दरुण दलले वाणगंगा नगरपालिका भित्रै रहेर पनि ओझेलमा परेको विद्यालयलाई छनोट गरी सहयोग प्रशंसनिय रहेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
तरुण दल कपिलवस्तुका सभापति शक्तिसिंह ठकुरीको अध्यक्षता तथा तरुण नेता दिनेश क्षेत्रीकोे संचालनमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस कपिलवस्तुका पुर्व सभापति राजेश आर्चाय, क्षेत्रीय सभापति मन्नान खाँ, जिल्ला सदस्य रविबहादुर काफ्ले, बाणगंगा नगरपालिका वडा नम्बर १० का अध्यक्ष रामविहारी चौधरी, वडा नम्बर ४ का वडाअध्यक्ष गणेशबहादुर क्षेत्री, नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, दरुण नेता गोविन्द आचार्य लगायतले भनाई राख्नुभएको थियो ।