नेकपा अध्यक्ष द्वय प्रम ओली र प्रचण्ड देश कब्जा गर्ने रणनीतिमा : युवा नेता पौडेल

1.3K

नेकपा अध्यक्ष द्वय प्रम ओली र प्रचण्ड देश कब्जा गर्ने रणनीतिमा : युवा नेता पौडेल

बुटवल, ९ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य युवा नेता प्रदिप पौडेलले नेकपाका अध्यक्ष द्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल मिलेर देश कब्जा गर्न खोजेको आरोप लगाउनु भएको छ । त्यसैका कारण मुलुकमा अस्थिरता बढेको समेत उहाँले टिप्पणी गर्नुभयो । उहाँले तर काँग्रेस रहँदासम्म देश कब्जा गर्ने कुनै सम्भावना नभएको पनि प्रष्ट पार्नुभयो ।
रिपोटर्स क्लवले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै काँग्रेस नेता पौडेलले चीन र भारत नेपालका नजिकका छिमेकी भएकाले दुबैदेशसंग न्यानो सम्बन्ध स्थापित हुनुपर्ने बताउनु भयो । ‘चीन र भारत हाम्रा नजिकका छिमेकी हुन्, दुबै देशसंग बिशेष सम्बन्ध हुनुपर्छ ।’ उहाँले भन्नुभयो–‘त्यसकालागि देश भित्रका राजनीतिक शक्तिसंग सहमति गरेर समान धारणा बनाउनु पथ्र्यो, तर त्यो भएन ।’
उहाँले यहाँको राजनीति मौलिकतामा हुनु पर्ने बताउँदै बिचार आयात गरेर मौलिकता फेरेर कसैको चाकडी गर्न आवश्यक नरहेको उहाँले भनाई राख्नुभयो ।
अहिलेको कम्युनिष्ट सरकार संविधान र लोकतन्त्रको मर्म विपरित हुनेगरी गतिबिधि अंगाडी बढाईरहेको टिप्पणी गर्दै काँग्रेस यथास्थितीबाट अंगाढी बढेका कारण त्यो चुनौतीको सामना गर्न नसकेको बताउनु भयो । नेता पौडेलले लोकतन्त्रको सवलीकरण र संविधानको रक्षाकालागि बलियो नेपाली काँग्रेसको आवश्यकता रहेको औंल्याउँदै पार्टी वैचारिक रुपमा नेतृत्व र सांगठनिक रुपमा सवल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले अवको राजनीति मुद्धामा केन्द्रित हुने भएकाले मुद्धा उठाउन सक्ने नेतृत्वको आवश्यकता औंल्याउनु भयो । उहाँले भन्नुभयो–‘पार्टीको बैचारिक, नेतृत्व र सांगठनिक अवस्था कुनै एउटा कुराको परिवर्तन भएर पार्टी सवल हुन सक्दैन, सबै कुरामा सुधार आवश्यक छ ।’
त्यस्तैगरी उहाँले अपराधिक गतिबिधिमा संलग्न भएको आरोप लागेका व्यक्तिहरु उपर निश्पक्ष छानविन हुनुपर्ने भनाई राख्नुभयो । अहिले मुलुकमा प्रहरी, प्रशासन, अदालत सबै राज्यका निकायमा राजनीतिकरण गरिएको आरोप लगाउँदै उहाँले निश्पक्ष छानविन हुनेमा भने आशंका व्यक्त गर्नुभयो ।