बुटवल, १६ कात्तिक । गत बुधबारदेखि कपिलबस्तुका कृष्णनगरमा प्रशासनले लगाएको कर्फ्यु शनिबारदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार सूचना प्रकासित गरि गत १४ गते बिहान ११ बजेदेखि लगाएको कर्फ्यु शनिबार बिहान ६ बजेदेखि हटाएको हो ।
लक्ष्मी पुजा विसर्जनको बिषयलाई लिएर स्थानीयबिच भएको विवादले उग्ररुप लिन थालेपछि प्रशासनले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर, पुर्व तर्फ ३ सय मिटर क्षेत्रमा अर्को आदेश नहुँदासम्मकालागि कर्फ्यु लगाएको थियो ।
जिल्ला प्रशासनले कृष्णनगर बजार क्षेत्रमा लगाएको कफ्र्यु तोड्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान समेत गएको थियो ।
