व्यापार संघमा नयाँ कार्यसमितिलाई पदस्थापन : अर्थतन्त्रको विकास गर्ने नीति लिन आग्रह

1.3K

व्यापार संघमा नयाँ कार्यसमितिलाई पदस्थापन : अर्थतन्त्रको विकास गर्ने नीति लिन आग्रह

रुपन्देही प्यापार संघ बुटवलमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । संघको १८ औं साधारण सभा तथा १० औं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारहरुलाई बुधबार संघमा आयोजित पदस्थापन कार्यक्रममा पदभार हस्तान्तरण गरिएको छ ।
त्यस अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई कार्यक्रमका प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले प्रमाण पत्र प्रदान गर्दै व्यवसायीका समस्या समाधान गर्न आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले आर्थिक विकास र समृद्धिकोलागि उद्योगी व्यवसायीहरुको महत्वपूर्ण भूमिका हुने कुरामा राज्य प्रष्ट रहेको बताउनु भयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य माधव शर्माले राष्ट्रिय अर्थतन्त्रको रक्षा र विकासमा व्यवसायीहरुको योगदान उल्लेखनीय रहेको बताउनु भयो ।
संघका अध्यक्ष पदमप्रसाद श्रेष्ठ राज्यका नीतिका कारण व्यवसायीहरु निर्वाहामूखी व्यवसाय गर्न बाध्य भएको हुदा राष्ट्रिय उत्पादनमा जोड दिदै आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने नीति राज्यले अवलम्बन गर्न सुझाव दिनु भयो ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी, संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलम, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पत्रकार महासंघका उपाध्यक्ष दिनेश पाण्डे, संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, व्यवसाय विकास प्रतिष्ठानका प्रमुख मुकुन्द ज्ञवाली, महासचिव प्रकाश ढकाल लगायत बोल्नु भएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष यमलाल लोहनीले प्रतिवद्धता व्यक्त गर्दै आर्थिक समृद्धिको लागि प्रदेश र स्थानीय सरकारस“ग आवश्यक छलफल र सहकार्य गरी अगाडि बढ्ने बताउनु भयो । त्यस्तै उहाँले संघका व्यवसायिक गतिविधिहरु आम उपभोक्ताको हकहित र अधिकारलाई ध्यान दिएर अघि बढाइने जानकारी गराउनु भयो ।