उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले न्यायधिश नियुक्ति प्रणालीलाई समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता खड्कीएको बताउनु भएको छ । राजनीतिक कारणले न्यायालयको समेत साख गराउने काम भएकाले न्यायालयको गरिमा र साख जोगाउनकालागि पनि नियुक्ति प्रकृयामा सुधारको आवश्यकता देखिएको उहाँले बताउनु भएको हो ।
नेपाल बार एशोसियशनको आयोजनामा मंगलबारदेखि बुटवलमा सुरु भएको मानवअधिकार सम्बन्धि राष्ट्रिय सम्मेलन तथा ४६ औं कार्याकारिणी परिषदको बैठकको उद्घाटन कार्यक्रममा बोल्दै न्याय परिषदका सदस्य समेत रहनुभएका मन्त्री यादवले न्यायधिश नियुक्तिमा राजनीतिक रोगरोगनका कारण जनमानसमा न्यायालयको गरिमा र साख गिराउने काम गरेको उल्लेख गर्नुभयो ।
उहाँले मुलुकको संरचना परिवर्तन भएर मात्रै समृद्धि हासिन हुन नसक्ने बताउँदै संविधान कार्यान्वयनमा देखिएका जटिलता अन्त्यकालागि पनि संविधान संशोधनको खाँचो औंल्याउनुृ भयो ।
