माउन्ट एभरेष्ट तेक्वोन्दो अकडेमीको आयोजनामा ‘प्रथम माउन्ट एभरेष्ट तेक्वान्दो जुनियर प्रतियोगिता’ सम्पन्न भएको छ । जिल्ला खेलकुद बिकास समितीमा भएको प्रतियोगितामा कुल ६ स्वर्ण, तीन रजत्, एक कास्य सहित् बुटवल तेक्वोन्दो दोजाङ टिम प्रथम, ४ स्वर्ण एक रजत् सहित् भैरहवा तेक्वोन्दो दोजाङ टिम दोस्रो, तथा ३ स्वर्ण ४ रजत्, ५ काश्य सहित माउन्ट एभरेष्ट तेक्वोन्दो अकडेमीको टिम तेस्रो भएका छन् ।
प्रतियोगितामा पामिर बोर्डिङ् स्कुल १ स्वर्ण, ४ रजत्, २ कास्य, अन्नपूर्ण बोर्डिङ् १ स्वर्ण ६ कास्य, रुद्रपुर डोजाङ १ स्वर्ण, १ रजत्, ३ कास्य, जितगडी डोजाङ १ स्वर्ण, ३ रजत, १ कास्य, खाजाना दोजाङ भैरहवा २ रजत्, स्कलरहोम बोर्डिङ् स्कुल २ कास्य, सबल दोजाङ ३ कास्य, राइजिङ स्टार भैरहवा १ कास्य पदक जित्न सफल भएका छन् ।
प्रतियोगितामा रुपन्देही जिल्लाका कुल ११ वटा दोजाङहरुबाट क्योरोगी (फाइट) र पुम्से बिधा गरी कुल १५० खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा पदक विजेतालाई प्रमुख अतिथी अनुपमान सैंजुले पुरस्कार तथा पदक प्रदान गर्नुभएको थियो ।
बुटवल मै पहिलो पटक पि.एस.एस. एलेक्ट्रोनिक् सिस्टममा खेल खेलाइएको थियो । जसका कारण चेस्ट प्याडमा किक हान्ने बित्तिकै अटोमेटिक स्क्रीनमा खेलाडीको स्कोर देखाउ छ र खेल कसले जित्यो भन्ने थाहा हुन्छ ।
