भोलीदेखि बुटवलमा सडक खाना महोत्सव हुँदै : तयारी पुरा

1.3K

भोलीदेखि बुटवलमा सडक खाना महोत्सव हुँदै : तयारी पुरा

अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीले भोलीदेखि बुटवलमा ‘दोस्रो सडक खाना महोत्सव’ गर्दैछ । साँझ ४ बजेदेखि सुरु हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले जानकारी गराउनु भयो ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ लाई सफल बनाउने उद्देश्ले आयोजना गरिएको सडक खना महोत्सव बुटवल मिलनचोक तिनकुनेदेखि कालिकानगरको सडक सय स्टल राख्ने तयारी गरिएको छ ।
‘अतिथि देवो भव, पर्यटकको स्वागत सत्कार हाम्रो सान, पर्यटन प्रवद्र्धन र विकास हाम्रो अभियान, सडकमै खाऔं सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नाराका साथ तीन दिनसम्म सञ्चालन गरिने सडक खाना महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुले प्रदान गरेका सेवा सुविधा, जातजातिका खानाका परिकार, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्नेगरी सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ ।
सडक खाना महोत्सव साँझ ६ देखि राती १२ बजेसम्म सञ्चालन गरिने छ । खाना महोत्सवमा राखिने स्टलमा निर्धारित मुल्यमा १० प्रतिशत छुटको व्यबस्था मिलाईएको संघका महासचिव माधवकुमार खनालले जानकारी गराउनु भयो । त्यस अवधिमा २ लाख दशर्कले खाना महोत्सव अवलोकन गर्ने र ५ करोड बढी कारोवार हुने आयोजकले अपेक्षा गरेका छन् । महोत्सवको उद्घाटन पूर्व दिउँसो झाँकी सहितको ¥याली प्रदर्शन गरिने र साँझ ४ बजे प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।