बुटवल उपमहानगरपालिकाले अनुमति नदिएको कार्यक्रमको प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको छ । सोमबारदेखि बुटवलमा होटल तथा रेष्टुरेन्ट व्यबसायी संघले गरेको कार्यक्रमको प्रदेश पाँचका मुख्यमन्त्री पोखरेलले उद्घाटन गर्नुभएको हो । नगरपालिकाको अनुमति बिना नगर क्षेत्रमा कार्यक्रम गर्न पाईँदैन । तर होटल तथा रेष्टुरेन्ट व्यबसायी संघले नगरपालिकाको अनुमति बनानै सडक अवरुद्ध हुनेगरी तीन दिने सडक खाना महोत्सव गरेको छ । उक्त कार्यक्रमको मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर संघले दोस्रो सडक खाना महोत्सव आयोजना गरेको हो । उक्त कार्यक्रमकालागि नगरपालिकासंग स्वीकृति माग गरिएपनि औद्योगिक व्यापार मेलालाई प्रभावित गर्नेगरि त्यस सडकमा नगर्न र अन्य स्थानमा गर्नकालागि विकल्प दिईएको बुटवल नगरपालिकाको विश्वस्त स्रोतले जानकारी गराएको छ । नगरपालिकाको स्वीकृति बिनानै जवरजस्त सडक अवरुद्ध गरेर खाना महोत्सव सञ्चालन भएपनि स्थानीय निकाय भने मौन छ ।
स्वीकृति बिना सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरी, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी समेत सहभागि हुनु भएको थियो ।

