फूलबारी बचत तथा ऋण सहकारी सस्थाले वडा बुटवल उपमहानगरपालिकाको वडा नं. १ मा केन्द्रिय कार्यालयको शुभारम्भ गरेको छ । सहरकारीले शनिबार एक कार्यक्रम गरि कार्यालय शुभारम्भ गरेको हो । कार्यालयको बुटवल १ का वडा अध्यक्ष महेन्द्र लिगलले रिवन काटेर शुभारम्भ गर्नुभयो ।
त्यस अवसरमा उहाँले १ नम्बर वडामा हालसम्म एउटा पनि सहकारी नभएको र फूलबारी सहकारीले इतिहास रचेको बताउनु भयो । उहाँले वडाको बिकासको लािग वडाबासीको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै बित्तिय साक्षरता बिकासमा सहकारीको समेत महत्वपूर्ण भूमिका रहने औंल्याउनु भयो ।
त्यस अवसरमा सहकारीले नयाँ शेयर सदस्य एव सहकारीले संचालन गरेको निशुल्क सीपमुलक तालिममा सहभागीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै सोही वडाको सरस्वती आधारभुत बिद्यालयलाई पाँच थान कुर्ची समेत प्रदान गरिएको सहकारीका व्यबस्थापक नारायण भुसालले जानकारी गराउनु भयो ।
सहकारी संस्थाका अध्यक्ष चन्द्रमणी भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कोरिया नेपाल इन्ष्टिच्युटका उपप्रमुख इञ्जिनियर किरण काफ्ले, राष्ट्रिय सहकारी बैक बुटवलका प्रबन्धक नरेश पाण्डे, सरस्वती आधारभूत विद्यालय व्यबस्थापन समितिका अध्यक्ष सुमेन्द्र श्रेष्ठ, समाजसेवी छबिलाल नेपाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाका सल्लाहाकार रुक्मागंत पाण्डेको स्वागत तथा सचिव रोशन पाण्डेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
