सुरक्षित यात्राको सन्देश सहित मोटरसाईकल चालकलाई जगदम्बा सिमेन्टको हेलमेट

1.3K

सुरक्षित यात्राको सन्देश सहित मोटरसाईकल चालकलाई जगदम्बा सिमेन्टको हेलमेट

जगदम्बा सिमेन्ट उद्योगले बुटवल भैरहवाका मोटरसाईकल चालकलाई निशुल्क हेलमेट वितरण गरेको छ । उद्योगले सामाजिक उत्तरदायित्व बहन गर्दै ‘हेलमेटले हाम्रो ज्यानको रक्षा गर्छ’ भेन्ने सन्देश दिनकालागि निशुल्क हेलमेट वितरण गरिएको जगदम्बा सिमेन्ट ईण्डष्ट्रिज प्रालिका बरिष्ठ महाप्रवन्धक बिदुर ढुङ्गानाले जानकारी दिनुभयो ।
सानो असावधानीले गर्दा ठूला ठूला दुर्घटना हुने भएकाले त्यस्ता दुर्घटना नहोस भन्ने उद्देश्यले जनचेतनामुलक रुपमा देशका बिभिन्न शहरहरुमा हेलमेट वितरण गरिएको उहाँले बताउनु भयो । सोमबार मात्रै रुपन्देहीको बुटवल र भैरहवामा गरि चार सय थान हेलमेट वितरण गरिएको उद्योगले जनाएको छ ।
नेपाल ट्रफिक प्रहरीको सहकार्यमा भएको हेलमेट वितरण कार्यक्रममा दुर्घटनाबाट बँच्नकालागि मोटरसाईलक चालकले अनिवार्य रुपमा हेलमेट प्रयोग गर्न आग्रह गरिएको थियो । जगदम्बा सिमेन्टका वरिष्ठ ब्राण्ड मेनेजर जगन्नाथ दहाले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रम देशव्यापी रुपमा नै गर्दै जाने बताउनु भयो ।