टिभिएसको स्पोर्टी स्टुकटी एन्टर्क रेस एडिसन बुटवलमा सार्वजनिक

1.3K

टिभिएसको स्पोर्टी स्टुकटी एन्टर्क रेस एडिसन बुटवलमा सार्वजनिक

टिभीएस कम्पनीको ‘एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटर बुटवलमा सार्वजनिक गरिएको छ । नेपालकालागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले भित्रज्ञ्याएको उक्त ‘एनटर्क १२५ रेस एडिसन’ मोडेलको स्कुटरको सोमबार बुटवलमा आयोजित कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, टिभीएस एन्टर्कका ब्राण्ड एम्बेसडर नायक प्रदिप खड्का, जगदम्बा मोटर्स प्रालिका मार्केटिङ् म्यानेजर नबराज कोइराला, बुटवलकोलागि आधिकारिक बिक्रेता बालाजी अटोमोबाइल्सका निर्देशक राम थापाले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।
उक्त स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ भने आकस्मिक बत्ती पनि छ, जुन रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिने कम्पनीले जनाएको छ । म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । टिभीएस एनटर्क १२५, नेपालको स्पोर्टी ब्लुटुथ कनेक्टेड स्कुटर हो जुन प्रदर्शन, स्टाइल र प्रविधिका लागि परिचित रहेको पनि कम्पनीले जनाएको छ ।
यसमा स्टेट अफ आर्ट सिभीटिआई–आरइभीभी १२४.७९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, ३ भल्भ, एयर कुल्ड इन्जिन रहेको जनाइएको छ । त्यसै अवसरमा बुकिङ् गरेका २५ जना ग्राहकलाई टीभीएस एनटर्क १२५ रेस एडिसनको चावी पनि हस्तान्तरण गरिएको थियो ।