सैनामैनामा सवारी दुर्घटना : दुईको मृत्यु

1.3K

सैनामैनामा सवारी दुर्घटना : दुईको मृत्यु

शुक्रबार रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ भनेथप पाँच जना घाईते भएका छन् । सैनामैना नगरपालिका वडा नं. ८ रामापुरमा पूर्वपश्चिम राजमार्गमा तीन वटा दुई पाङ्ग्रे सवारी साधन आपसमा ठोक्किदा सैनामैना ७ का २० वर्षीय सुदिप चौधरी र नविन चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
दिउँसो ४ बजेको समयमा पश्चिम तर्फ जाँदैगरेको लु ३५ प ५०१९ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आएको लु ४२ प ७०९६ नं. को मोटरसाईकल, ल ४२ प ७४७२ नम्बरको स्कुटी आपसमा ठोक्किएको थियो । दुर्घटनामा परि गम्भिर घाईते भएका लु ४२ प ७०९६ नम्बरको मोटरसाईकल चालक सुदिप र सोही मोटरसाईकलमा सवार नविनको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी गराउनु भयो । घाईतेहरुको बिभिन्न स्थानमा उपचार हुँदैगरेको पनि प्रहरीले जनाएको छ ।