सामाजिक सञ्जाल फेसबुक ग्रप नेपलीज ब्रदर्श रुम (एन.बि.आर.)ले शहिदहरुको स्मृतिमा बिहिबार साँझ बुटवलमा दीप प्रज्वलन गरेको छ । शहिद दिवसको अवसर पारेर एनबिआरले ज्ञात अज्ञात शहिदको सम्झनामा बुटवलको राजमार्ग चौराहामा बिहिबार साँझ दीप प्रज्वलन गरेको एनबिआर रुपन्देहीका संयोजक राजु टण्डनले जानकारी गराउनु भयो ।
त्यस अवसरमा एनबिआरका संस्थापक मुकुन्द पौडेल, सदस्यहरु फयाज खान, आलोक पुरी लगायतले शहिदहरुको बलिदानीबाट मुलुकमा लोकतान्त्रिक शासन व्यबस्था स्थापित भएको बताउँदै शहिदप्रति सम्झाना मात्रै बाँकी रहेको बताउनु भएको थियो । एनबिआरले शहिद दिवसमा प्रत्येक वर्ष दीप प्रज्वलन गर्दै आएको संयोजक राजु टण्डनले बताउनु भयो ।