बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवसको अवसरमा सहकारीले मानव सेवा आश्रममा खाद्यान्न प्रदान गरेको छ ।
संस्थाको २० औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम बुटवलमा आश्रीत सहयोगापेक्षीहरुको सहयोगकालागि चामल, तेल, चिउरा, बिस्कुट लगायत दश हजार रुपैंया बराबरको खाद्यान्न प्रदान गरिएको संस्थाका अध्यक्ष बसन्तप्रसाद ढकालले जानकारी दिनुभयो ।
त्यस अवसरमा संस्थाले प्रदान गरेको खाद्यान्न संस्थाका अध्यक्ष ढकालले मानव सेवा आश्रम बुटवलकी प्रमुख सरु अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो । खाद्यान्न हस्तान्तरण गर्दै अध्यक्ष ढकालले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोगापेक्षीहरुको सहयोगकालागि थोरै भएपनि जतिसक्दो सहयोग गरिएको बताउनु भयो ।
खाद्यान्न ग्रहण गर्दै मानव सेवा आश्रम बुटवलकी संयोजक अधिकारीले सहयोग आफैमा ठूलो हुने बताउँदै सबैको सानो सानो सहयोगबाट आश्रम चलेको बताउँदै सहयोग नै ठूलो भएको उल्लेख गर्नुभयो । संस्थाका सचिव शिव उपाध्यायको सञ्चालनमा भएको कार्यक्रममा संस्थाकी सदस्य तथा कार्यक्रम संयोजक नमकला वेलवासेले स्वागत गर्नुभएको थियो ।