बिधान संशोधन गरेर नेकपामा बामदेव गौतमलाई उपाध्यक्ष पद

1.3K

बिधान संशोधन गरेर नेकपामा बामदेव गौतमलाई उपाध्यक्ष पद

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिधान संशोधन गरेर सचिवालय सदस्य बामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाएको छ । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र पार्टीको संगठनात्मक प्रस्ताव पारित गरि नेता गौतमलाई उपाध्यक्ष बनाएको हो ।
नेता गौतमलाई गत असोजमै उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय सचिवालय बैठकले गरेको थियो । विधानमा संशोधन गर्नुपर्ने भएकाले स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा ल्याएर वैधानिक प्रक्रिया पुरा गरि उक्त प्रस्तावलाई पास गरिएको हो । बैठकले तत्काललाई केन्द्रीय कमिटीमा मात्र उपाध्यक्ष पद राख्ने निर्णय गरेको पार्टीका नेताहरुले जानकारी गराएका छन् ।