महिला उद्यमी समितिको आयोजनामा बुटवलमा प्रदेशस्तरीय मेला हुँदै

1.3K

महिला उद्यमी समितिको आयोजनामा बुटवलमा प्रदेशस्तरीय मेला हुँदै

नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तरगत गठित प्रदेश पाँचको महिला उद्यमी समितिले यहि फागुनमा पहिलो पटक व्यापार महोत्सव गर्ने भएको छ ।
घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धनकालागि यहि फागुनको २१ देखि चैत २ गतेसम्म ‘प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सव–२०७६’ गर्न लागिएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
‘मेहनत सिर्जना, उत्पादन र बस्तु ः मैरै नेपालको’ मुल नारा सहित बुटवलको देवीनगरमा सञ्चालन गरिने महोत्वसवमा ३ सय स्टल रहने तथा ५ लाख दर्शकले अवलोकन गर्ने र १ करोडको कारोवार हुने अपेक्षा गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश पाँचकी अध्यक्ष शान्ति तिमिल्सिना शर्माले बताउनु भयो ।
मेलामा प्रदेश पाँचका १२ जिल्लाका उदाहरणीय महिला उद्यमीका उत्पादनलाई निशुल्क स्टल व्यबस्था गरिने उहाँले बताउनु भयो । जसमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले ६० स्टल निशुल्क राखिने छ ।
मेलामा कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलहरुको जानकारीमुलक प्रदर्शनी, महिला उद्यमीहरुद्वारा उत्पादित हस्तकलाका सामाग्रिको प्रदर्शनी, नविनतम प्रविधि एवं वैकल्पिक उर्जा लगायतको प्रदर्शनीलाई शिषेश प्राथमिकता राखिने उहाँले बताउनु भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धितालले स्वदेशी वस्तुको प्रवद्र्धनकालागि बिशेष प्राथमिकता दिईएको महोत्सवमा स्थानीय उत्पादनको दीगो बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषि, बन पैदावार, हस्तकला, उर्जा, बायोग्याँस र पर्यटन प्रवद्र्धनका स्टलहरुलाई मेलामा प्राथमिकता दिईने उहाँले बताउनु भयो ।