भारतिय मालवहाक गाडीको ओभरलोड नियन्त्रणका लागि अभियान संचालन गरेका रुपन्देहीका यातायात व्यवसायीले बुधवार मात्रै ३६ वटा गाडीलाई कारबाही गराएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले भारतिय नम्बरका मालबहाक गाडीले भार क्षमता भन्दा दोवरसम्म लोड गरि सामान ढुवानी गरेको भन्दै प्रहरी प्रशासनसंग हार गुहार गरेपछि प्रहरी प्रशासनले पनि सक्रिएता देखाएको हो ।
यातायात समितिहरुको पहलमा प्रहरी र प्रशासनको सहयोगमा बुधवार ३६ वटा भारतिय गाडीलाई यातयात व्यवस्था कार्यालय रुपन्देहीवाट जनही २ हजारका दरले जरिवाना गराई भार मिलान गरि मात्र संचालन गर्न निर्देशन दिईएको यातायात व्यवस्था कार्यालय (सवारी) रुपन्देहीका प्रमुख मुक्ति पाण्डेले बताउनु भयो ।
प्रदेश ५ सरकारले बनाएको मालवहाक सवारी साधनको भारवहन नियमन सम्बन्धी कानुन वनेको तर निर्देशिका अझै नवनेकाले कार्यान्वयन नभएकोमा मन्त्रालयको सहमती लिएर बिहिवारदेखि ऐन अनुसार ओभरलोड वोकेका गाडीलाई कारवाही गरिने कार्यालय प्रमुख पाण्डेले बताउनु भयो ।
सघीय कानुनमा ओभरलोड वोकेमा २ हजार जरिवाना र भार मिलान गरि संचालन गर्न पाउने व्यवस्था छ भने प्रदेश कानुनमा १० हजार जरिवान गरि भार मिलान गरि संचालन गर्न पाउने कानुनी व्यवस्था रहेको उहाँले बताउनु भयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति र लुम्बिनीे ट्रक व्यवसायी समितिको सम्युक्त टोलीले बुधवार सीमानाका तौल पुल धर्मकाटा संचालन भएका स्थानमा अनुगमन गरि भारतिय ओभर लोड वोकेका गाडीलाई कारवाहीको माग गरेका हुन् । सोही अनुसार अगामी दिनमा पनि ओभरलोड नियन्त्रणमा कडाईका साथ लाग्ने पश्चिमाञ्च यातयात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताउनु भयो । यातयात व्यवस्था कार्यालयले ट्राफिक प्रहरीको पत्र सहित ओभरलोड गरेका गाडीको सिफारिसका आधारमा कारवाहीलाई प्रभावकारी बनाईने जनाएको छ । क्षमता भन्दा बढी लोड वोक्दा मुलुकभरका सडक विग्रीएर साना तथा मझौला सवारी साधन संचालनमा समस्या भएको तथा नेपाली ट्रक व्यवसायीको लगानी धरासायी भएको भन्दै यातयात व्यवसायीले विगत लामो समयदेखि सरकारसंग ओभरलोड गाडीको नियन्त्रण गर्न माग गदै आएका थिए ।