भारतीय बजारको बिकल्पमा रुपन्देहीको जानकीनगरमा आहाना कलेक्सन

1.3K

भारतीय बजारको बिकल्पमा रुपन्देहीको जानकीनगरमा आहाना कलेक्सन

रुपन्देहीको तिलोत्तमा नगरपालिका ३ जानकीनगरमा आहाना कलेक्सन सचालनमा आएको छ । महिला तथा बालबालिकाहरुकालागि तयारी पोशाकहरुको पसल आहाना कलेक्सनको शुक्रबार एक कार्यक्रमका बिच सुभारम्भ गरीएको हो । तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारीले एक कार्यक्रमका बिच कलेक्सनको बिक्रि सुभारम्भ गर्नुभयो । त्यस अबसरमा बोल्दै अध्यक्ष भण्डारीले चर्को कर, राज्यका बिभेदकारी र झन्झटीला नीतिले निजी क्षेत्र मर्कामा परेको बताउनु भयो ।
निजी क्षेत्रको विकास र बिस्तार बिना देशमा समृद्धि भित्रन नसक्ने भन्दै अध्यक्ष भण्डारीले नीजि क्षेत्र मैत्री कर प्रणाली र नीति नियम बनाउनु पर्नेमा जोड दिनु भयो । बुटवल भैरहवा ६ लेन सडकसंगै जोडीएको आहाना कलेक्सन युवा व्यवसायी ज्ञानेन्द्र कार्की र मुना कार्कीले संचालनमा ल्याउनु भएको हो । तिलोत्तमा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएका संचालक कार्कीले उपभोक्ताहरुलाइ गुणस्तरीय सामान सुपथ मुल्यमा उपलब्ध गराउने बताउनु भयो । नेपाली उपभोक्ताहरु भारतीय बजार सुनौली, नौतनवासम्म पुगेर सामान खरिद गर्दा करोडौ रुपँेया बिदेशीएको भन्दै सुनौली नौतनवा भन्दा सस्तो मुल्यमा डिजाइनदार र गुणस्तरीय पहिरन आहाना कलेक्सनमै उपलब्ध हुने कार्कीले जानकारी दिनुभयो । उहाँको उक्त पसलमा ५० प्रतिशत आफ्नै उत्पादन हुने समेत उहाँले जानकारी गराउनु भयो । झण्डै ५ करोडको लगानीमा संचालनमा ल्याइएको कलेक्सनमा २५ जनाले रोजगारी पाएका छन् । महिला तथा बालबालिकाकालागि आवश्यक पर्ने आधुनिक र डिजाइनका पहिरनहरु बुटवल, भैरहवा तथा भारतीय बजार सुनौली नौतनवा भन्दा सुपथ मुल्यमा उपलब्ध गराइने कार्कीले बताउनु भयो ।