आजदेखि रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको शहिद यावदनाथ आलोकको स्मृतिमा फूटसल प्रतियोगिता स्थगित भएको छ । नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आयोजना गरेको फूटसल प्रतियोगिता कोरोना भाईसरका कारण स्थगित भएको हो । नेपाली काँग्रेसले कोरोनाका कारण देशभर यस्ता कार्यक्रम नगर्ने निर्णय लिएपछि उसको भातृ संगठन तरुण दलले पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको नेपाल तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिमबहादुर क्षेत्रीले जानकारी गराउनु भयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन आहुती दिने आलोकको स्मृतीमा नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आजदेखि २४ गतेसम्म फूटसल प्रतियोगिता आयोजना गरेको थियो । नेपाली काँग्रेस केन्द्रीय समितिले पार्टी तथा भातृ संगठन, सुभेच्छुक संस्थाहरुलाई कुनै पनि कार्यक्रम नगर्न निर्देशन भएबमोजिम प्रतियोगिता स्थगित भएको तरुण दल तिलोत्तमा नगर समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।