कोरोनाको आशंकामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेका बिरामीको रिपोर्ट नेगेटिभ

1.3K

कोरोनाको आशंकामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेका बिरामीको रिपोर्ट नेगेटिभ

कोरोना भाईरस (कोभिड १९) संक्रमणको आशंकामा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेका बिरामीको रिपोर्ट नेगेटिभ आएको छ ।
छिमेकी मुलुक चिनबाट फैलिएको विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण भएको आशंकामा गत शुक्रबार २१ वर्षीय युवकलाई लुम्बिनी प्रादेशिक अस्पतालको आईसुलेसन कक्षमा भर्ना गरिएको थियो भने ल्याव परिक्षणकालागि स्याम्पल काठमाण्डौ पठाईएको थियो ।
उक्त स्याम्पलको आईतबार रिपोर्ट आएको र रिपोर्ट नेगेटिभ भएको अस्पतालका फोकल प्रसन डा. सुदर्शन थापाले जानकारी गराउनु भयो । मिल्दोजुल्दा लक्षण देखिएका कारण कोरोना भाईरसको आशंका गरिएपनि निमोनिया समेत रहेकाले निमोनियाको उपचार हुँदै आएको थियो । अव ती बिरामीलाई पूर्ण रुपमा निमोनियाको उपचार हुने पनि डा. थापाले जानकारी दिनुभयो ।