‘बिपन्न असक्तलाई हाम्रो साथ, नेपाली मन सहयोगी हात’ माल्टाबाट विश्व अभियान सुरु

1.3K

‘बिपन्न असक्तलाई हाम्रो साथ, नेपाली मन सहयोगी हात’ माल्टाबाट विश्व अभियान सुरु

गरिव बिपन्न तथा असक्त असाहायलाई सहयोग गर्ने उद्देश्यले माल्टामा बस्ने नेपाली युवाहरुको सक्रियतामा “बिपन्न असक्तलाई हाम्रो साथ, नेपाली मन सहयोगी हात” विश्व अभियान सुरु गरिएको छ ।
बिदेशमा बस्ने नेपाली युवाहरुले पारिवारिक तथा सामाजिक कार्यक्रमहरु (जन्मोत्सव, बिवाह वर्षगाँठ, पार्टी लगायत)मा हुने खर्च कटौती गरेर संकलित रकमबाट गरिव बिपन्न, तथा असाहाय असक्तलाई सहयोग गर्नकालागि अभियान सुरु गरिएको हाल माल्टा रहनुभएका रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ निवासी हरि पाण्डेले जानकारी दिनुभयो ।
अभियान सञ्चालनकालागि लक्षु गिरीलाई संयोजकमा चयन गरिएको छ भने सहसंयोजक तथा सञ्चालकमा हरि खराललाई चयन गरिएको छ । त्यस्तै अभियानको संरक्षकमा एनआरएनए नेपालका केन्द्रीय समिति सल्लाहकार तथा एनआएएनए युरोपका संयोजक सोम सापकोटा रहनु भएको छ ।
उक्त अभियानको सल्लाहकारमा एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल(बाबु), माल्टा स्थित व्यबसायी समाजसेवी गोबिन्द खरेल, एनआरएनए माल्टाका सदस्य दिननाथ भट्टराई, बिष्णु कार्की र अभियानमा बिशेष सहयोगीको रुपमा हरि पाण्डेलाई चयन गरिएको छ ।
बिदेशमा बस्ने नेपाली युवाहरुको पारिवारिक तथा सामाजिक कार्यक्रमहरुमा फजुल रुपमा धेरै पैसा खर्च भईरहने र परम्परागत वा देखावटी रुपमा गरिने त्यस्ता कार्यक्रमको खर्च कटौती गरेर संकलित रकमबाट कैयौंको भोको पेट भर्न सकिने र कैयौंको नाङ्गो शरीर छोप्न सकिन्छ भन्ने उद्देश्ले अभियान सुरु गरिएको संयोजक गिरीले बताउनु भयो । गरिव, बिपन्न, असक्त तथा असाहायहरुको खुसीकालागि एउटा सकारात्मक अभियान सुरु गरिएको यो अभियानमा सहयोग गर्नकालागि उहाँले सबैलाई आह्वान गर्नुभयो ।