स्वर्गीय कर्मचारीको परिवारलाई राहत प्रदान

1.3K

स्वर्गीय कर्मचारीको परिवारलाई राहत प्रदान

पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले कर्मचारी स्व. राम गुरुङको परिवारलाई राहत प्रदान गरेको छ ।
समितिले कार्यरत कर्मचारीको मृत्यु भएमा राहत रकम स्वरुप परिवारलाई नगद १ लाख रुपैया दिने व्यवस्था बमोजिम शनिवार स्व.गुरुङको घर बुटवल ४ लक्ष्मीनगरमा पुगेर श्रीमती आरती गुरुङलाई चेक प्रदान गरेको हो ।
गुरुङको ५३ वर्षको उमेरमा हृदयघातका कारण यही चैत २ गते निधन भएको थियो । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डे वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, कोषाध्यक्ष हरिप्रसाद रिमाल कार्यालय प्रमुख वाबुराम अधिकारी, पश्चिमाञ्चल यातयात स्वतन्त्र कर्मचारी युनियनका पुर्व अध्यक्ष प्रकाश गैरे लगायतको उपस्थितीमा राहत रकम हस्तान्त्ररण गरिएको महासचिव जितबहादुर भाटले जानकारी दिनु भयो ।
त्यसैगरि स्व.गुरुङको परिवारलाई पश्चिमाञ्चल यातायात स्वतन्त्र कर्मचारी युनियनका तर्फवाट पनि नगद १ लाख रुपैया प्रदान गरिएको थियो ।