दयाराम डुम्रे / वायटारी । आज (शुक्रवार) विहान गल्याङ नगरपालिकामा १८ जनासहित स्याङजा जिल्लामा २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माका अनुसार गल्याङ नगरपालिकामा १८ जना , वालिङ नगरपालिकामा २ जना ,अर्जुन चौपारी गाउपालिकाकामा १ जना र थप १ जना ठेगाना नखुलेका ४ वर्षका वालक रहेको छन् । यो संगै स्याङजा जिल्लामा कोरोना संक्रमितको संख्या ६० जना र गण्डकी प्रदेशमा १८८ पुगेको छ ।
कोरोना पुष्टिहुनेमा गल्याङ नगरपालिकाका ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५,४५, २५, २०, ३१, २५, २०, २०, २४ र ३५ वर्षका पुरुष रहेका छन् । यस्तै वालिङ नगरपालिकाका ३३ र ३५ वर्षका २ पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । यसै गरी,अर्जुन चौपारी गाउपालिकाकामा ३ वर्षिय १ वालक र थप १ जना ठेगाना नखुलेका ४ वर्षका वालक रहेको छन् ।

उनिहरु सवै जना भारतबाट आई विभिन्न कोरोन्टाइनमा बसेका थिए । सङ्क्रमित सबै जनालाई आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।