आज थपिएका ४२५ जना कोरोना सङ्क्रमित कहाँका हुन् ?

1.3K

आज थपिएका ४२५ जना कोरोना सङ्क्रमित कहाँका हुन् ?


बुटवल । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा मोरङका २५ तथा झापा र सुनसरीका एकरएक जनामा गरी २७ जनामा पुष्टि भएको छ । कोशी अस्पतालमा भएको परीक्षणमा १० जना, नारायणी अस्पताल वीरगञ्जमा पर्साका १७, बाराका नौ जना, सर्लाहीका एक जना र रौतहटका सात जना, पोखरामा भएको परीक्षणमा नवलपरासी पूर्वका दुई जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बझाङका पाँच जना, डडेल्धुराका २५, डोटीका तीन, कैलालीका १२ र कञ्चनपुरका २० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा भएको परीक्षणमा बर्दियाका तीन जना, बाँकेका तीन जना र रुकुम पश्चिमका एक गरी सात जनामा पुष्टि भएको छ ।

दाङमा भएको परीक्षणमा प्युठानका दुई र दाङका ५४ जनामा पुष्टि भएको छ । जनकपुरमा भएको परीक्षणमा रौतहटका १७ र धनुषाका एक जनामा र धुलिखेलमा भएको परीक्षणमा रामेछापका दुई जनामा पुष्टि भएको छ । रुपन्देहीमा भएको परीक्षणमा गुल्मीका आठ जना, नवलपरासी पश्चिमका दुई जना, रुपन्देहीका २० र पाल्पाका १७ जनामा पुष्टि भएको छ ।

सुर्खेतमा भएको परीक्षणमा सुर्खेतका ४० जना र दैलेखका २९ जनामा, हेटौँडामा भएको परीक्षणमा रौतहट र सिन्धुलीका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल काठमाण्डौमा भएको परीक्षणमा धादिङका २५ जनामा कोरोना भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा रौतहटका ५१ जना, रुपन्देहीका ६ र सर्लाहीका पाँच जनामा कोरोना पुष्टि भएको छ ।