बुटवलको आइसोलेसनमा एकको मृत्यु

1.3K

बुटवलको आइसोलेसनमा एकको मृत्यु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको आइसोलेसनमा उपचारत गुल्मीका एक जना पुरुषको मृत्यु भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका ४ का ४२ वर्षे ती पुरुषलाई शनिबार बिहान गुल्मीबाट प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । शुक्रबार अचानक स्वाशप्रस्वासमा समस्या देखिएपछि क्वारेन्टिनबाट जिल्ला अस्पताल तम्घास लगिएको र त्यहाँबाट बुटवल पठाइएको वडा नं ४ का वडाध्यक्ष मानवहादुर कुँवरले बताए ।

स्वास प्रश्वासको समस्यासँगै ज्वरो आएकाले कोरोना संक्रमण हुन सक्ने आशंकामा तम्घास अस्पतालले बुटवल पठाएको थियो । शनिबार बिहान प्रादेशिक अस्पताल आएका ती व्यक्तिलाई स्वासप्रस्वास र ज्वरोको समस्या देखिएको अस्पतालका डा .सुदर्शन थापाले बताए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको थियो । आइतबार दिउसो उनको मृत्यु भएको डा. थापाले बताए । उनको शनिबार नै थ्रोट स्वाब परिक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएपनि आइतबार साँझसम्म रिर्पोट आएको छैन । यसअघि गुल्मीमै गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।