नेपालमा मंगलवार एकैपटक ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

1.3K

नेपालमा मंगलवार एकैपटक ३८० जनामा कोरोना पुष्टि,  संक्रमितको संख्या ६ हजार ५९१ पुग्यो

बुटवल । नेपालमा आज (मंगलवार) एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ५९१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ३८० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरे ।

उनका अनुसार आज फेला परेका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १९ जनाको मृत्यु भईसकेको छ भने १ हजार १५८ जना कोरोनाको उपचार पछि निको भएर घर फर्किएका छन् । नेपालमा आज मात्रै थप ११७ जनाले कोरोनाविरुद्धको लडाई जितका छन् ।