बुटवलको ‘नेशनल प्याथ’ सहित ६ निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्ने अनुमति

1.3K

बुटवलको ‘नेशनल प्याथ’ सहित ६ निजी प्रयोगशालालाई कोरोना परीक्षण गर्ने अनुमति

सरकारले ६ वटा निजी प्रयोगशालालाई कोरोना भाईरस (कोभिड–१९) परीक्षण गर्न अनुमति प्रदान गरेको छ । सरकारकाले उपत्यकाका ४ वटा र उपत्यका बाहिर बुटवल र नेपालगञ्जका एक एक वटा निजी प्रयोगशालालाई कोरोना भाईरस परीक्षण गर्ने अनुमति दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका उपत्यका भित्रका ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियर तथा उपत्यका बाहिर बुटवलको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालालाई पिसीआर परीक्षण गर्ने अनुमति दिएको हो ।
तर यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमुना मात्रै परीक्षण गर्न पाउने छन् । कोरोना भाईरस (पिसीआर) परीक्षण गर्न अहिले दशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।