बिमा भ्रम र यथार्थ

1.3K

बिमा भ्रम र यथार्थ

राष्ट्रिय बीमा समितिबाट अनुमति पाएका नयाँ बीमा कम्पनीहरूले आकर्षक योजना (पोलिसी) बजारमा ल्याउन थालेका छन् । नेपालमा जीवन बीमाको कभरेज जम्मा १० प्रतिशत मात्रै रहेको अवस्थामा बीमा कम्पनीले आकर्षक पोलिसी मार्फत बीमित तान्ने प्रयास गरिरहेका छन् । जनचेतना अभियान पनि केही बढ्दै गएको छ ।
इन्स्योरेन्स कम्पनीले जीवन बीमाका साथै ऐच्छिक सुविधासहितको योजना ल्याएको छ । नेपाल लाइफ, युनियन लाईफ बिमा कम्पनीले १८ प्रकारका घातक रोगहरुको उपचारमा सुविधा प्रदान गर्ने पोलिसी बजारमा ल्याएको छ । कम्पनीले विभिन्न पोलिसीहरु बाल बीमा, सुरक्षित जीवन बीमा, सुरक्षित भविष्य बीमा, पेनसन बीमा योजना, बार्षिक भुक्तानी जीवन बीमा र म्यादी जीवन बीमा एकल भुक्तानी योजना ल्याएको छ । जीवन बीमा गर्ने बीमितको लागि यिनै पोलिसीमा थप प्रिमियम बुझाएमा १८ वटा घातक रोगहरुको उपचारको सुविधा पाउने गरि ऐच्छिक सुविधाहरु बजारमा ल्याइएको युनियन लाइफ ई कम्पनीका शाखा अधिकृत नहकुल पाण्डेले बताऊनु हुन्छ ।
घातक रोगहरु मुटु रोग, क्यान्सर, मृगौला मस्तिष्क घातक लिवर रक्त, हाड़ क्यानसर सम्वन्धी समस्या, आदिले गर्दा मृत्यु हुने संख्या दिन दिनै बढ्दै गएको भन्दै कम्पनीले यस्ता रोग लाग्दा औषधी उपचार पाउने गरि बीमा पोलिसी ल्याएईको छ ।
उपचार सुविधासहितको बीमा पोलिसी लिन १२ वर्षको व्यक्तीले २० वर्षको लागि २० लाख रुपैयाँको बीमा गरेमा ऐच्छिक सुविधा पाउनको लागि वार्षिक बीमा शुल्क प्रमियम बुझाउनु पर्छ । यसै पोलिसीमा बीमितले जीवन बिमा गर्दा पहिलो बर्ष १ लाख ४१ हजार रुपैयाँ प्रिमियम बुझाउनु पर्छ । दोस्रो बर्षबाट १९ बर्ष मात्र एकचालीस हजार । २० बर्षमा लगानी १०.९९ लाख र २० बर्ष पुगेपछि एकमुष्ट २७.५० लाख भुक्तानी दिनेछ । लगानीका हिसाबले धेरै लाभ लिन सकिन्छ । यस बिमामा बीमितिले कम्पनीले तोकेका १८ वटा घातक रोग लागेमा ५० लाख रुपैयाँ सम्मको थप उपचार खर्च पाउछन् ।
यसमा बीमाङ्क रकमका आधारमा ऐच्छिक सुविधा पाउनेछन । तर ५० लाख रुपैयाँ भन्दा माथिको बीमा गरे पनि यस्तो सुविधा भने ५० लाख रुपैयाँसम्म उपचार खर्च थप रकम बिमा कम्पनीले दिने छ । यसबाट रकम अभाबमा उपचार नपाउने सम्स्याको अन्त्य हुनेछ । बिमा गरेको बिस बर्षभित्र निम्नलिखित सुबिधा दिने ग्यारेन्टी हुन्छ ।
क) १८ घातकरोग लागे एक्स्ट्रा २० लाख उपचार खर्चरकम पाईने ।
ख) असक्तता भई बिस्तारामा परे प्रतिमहिना रु १८६६६ पेन्सन पाईने ।
ग) अंगभंग भए बार्षिक किस्ता तिर्न नपर्ने अबधीपुरा भएपछि २७.५० लाख पाईने
घ) २ वर्ष पुगेपछि ऋण सापटी लिन पाईने ।
ड़) अकालमृत्यु २० लाखं बोनस ८ बर्ष ।
छ) दुर्घटना मृत्युमा डबल ४० लाख बोनस ८ वर्ष ।
ज) बिमा तिर्ने रकममा आयकर छुट छ ।
झ) सानो बचतले ठूलो रकम लाभ हुने २० बर्ष पुगे पछि २७.५० लाख एकमुष्ट पाईने हुन्छ ।
बिमा गर्नुका फाईदा हरू
१. आर्थिक क्षति हुनबाट सुरक्षा ।
२. अनिबार्य सुरक्षित बचत हुन्छ ।
३. आश्रित परिवार को भलाई ।
४. परनिर्भरताको अन्त्य ।
५.१८ घातक रोग विरूद्ध उपचार
६. ब्यक्तिगत आबस्यक्ताको पुर्ति
७. बाल शिक्षा सहजता
८. बेढेसकालको साथी
९. आफ्नो बचतमा ऋण लिन पाईने
१० बिमा लगानीमा आयकर छुट हुने
११ राज्यलाई कोष निर्माण हुने ।
१२ थोरैं थोरै लगानीले धेरै रकम आर्जन हुने आदि ईत्यादी छन् ।