कोरोना संक्रमणका कारण नेपालमा थप दुई जनाको ज्यान गएको छ । कोरोनाको संक्रमणबाट बुधबार महोत्तरीका ६० वर्षीय पुरुष र काठमाण्डौ शिक्षण अस्पतालमा चिनीया नागरिकक (महिला)को ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । मन्त्रालयका अनुसार बुधबार थप सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै कुल संक्रमितको संख्या पनि १८ हजार ९४ पुगेको छ ।