नेपाल भारत बिचको आवतजावतलाई नियन्त्रण गर्ने प्रदेश पाँच सरकारको निर्णय

1.3K

नेपाल भारत बिचको आवतजावतलाई नियन्त्रण गर्ने प्रदेश पाँच सरकारको निर्णय

प्रदेश पाँच सरकारले नेपाल भारत बिचको आवतजावतलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको प्रदेश कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले सिमा व्यबस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउन आवतजावतलाई नियन्त्रण गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी गराउनु भएको छ ।
कोरोना भाईरस (कोभिड–१९)को बढ्दो संक्रमणको जोखिमलाई मध्येनजर गर्दै नेपाल भारत बिचका तोकिएका सिमानाकाबाट सुरक्षित आवागमनको व्यबस्था गर्ने, आवत जावत गर्नेको अभिलेख राख्ने र हेल्थडेस्क राखेर चेकजाँचलाई प्रभावकारी बनाउने उक्त बैठकले निर्णय गरेको हो ।
कम्तिमा १४ दिन क्वारेन्टाइनमा नराखेको व्यक्तिलाई काममा नलगाउन सम्बन्धित रोजगारदाताहरुलाई समेत आग्रह गरिएको छ भने अन्तरप्रदेश आवागमनलाई व्यबस्थित र सुरक्षित बनाउनकालागि स्वास्थ्य सुरक्षाका मापदण्ड हल्थडेस्कको व्यबस्थालाई प्रभावकारी गराउने र त्यसको व्यबस्था जिल्ला कोरोना संकट व्यबस्थापन केन्द्रले गर्ने निर्णय बैठकले गरेको छ ।
समुदायमा संक्रमण देखिएमा अवस्था हरेर समुदायलाई नै सिल गर्ने, यस्तो स्थानको परिक्षणको कार्यलाई छिटो छरितो बनाउने, प्रदेशका सबै स्थानीय तहहरुले पहिलेको निर्णय अनुसार नै रुकुम पूर्वको जिल्लामा कम्तिमा ५० बेड तथा बाँकी ११ जिल्लामा कम्तिमा २ सय बेड क्षमताको आईसोलेसन सेन्टर निर्माण गरि सञ्चालन गर्ने, त्यस्तै स्थानीय तहहरुले क्वारेन्टाईन निर्माण गर्दा खरिद गरेका सामाग्रिहरुको अत्यावेश्यक समयमा उपयोगमा ल्याउन सक्नेगरी व्यबस्थापन, भण्डारण र अभिलेखिकरणलाई प्रभावकारी बनाउने प्रदेश कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले निर्णय गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९)को बढ्दो संक्रमण जोखिमलाई विश्लेषण गरेर हाल कोरोना बिशेष अस्पतालमा खटिएको जनशक्तिलाई थप तीन महिनाकालागि निरन्तरता दिने, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालालाई कोभिड १९ को परिक्षणका लागि सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयले आवश्यक पहल गर्ने पनि निर्णय भएको छ । स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्न गराउन सुरक्षा निकायले अभियानकै रुपमा कार्य सञ्चालन गर्ने, स्थानीय तहस्तरमा मास्क खरिद गर्न नसक्ने व्यक्तिहरुलाई पालिकाले व्यवस्था गर्ने तथा मास्क प्रयोग नगरी हिड्ने, अटेर गर्नेलाई जरिवाना गर्ने,
प्रदेश कोरोना संकट व्यबस्थापन केन्द्रको बैठकले सुरक्षा निकायको जनशक्तिमा संक्रमण देखिएमा आइसोलेसनमा राख्ने व्यवस्थाका लागि आवश्यक स्थान र सामग्रको अग्रिम व्यवस्था गर्ने, प्रदेशमा थप संक्रमण र जोखिम हुन नदिन सबै निकाय र पदाधिकारीहरुले अग्रसरता लिई आवश्यक समन्वय गर्ने समेत निर्णय गरेको ।