जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिएपछि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाईका साथ लागु गर्न आदेश जारी गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले मंगलबार एक आदेश जारी गरी नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना नभए संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम कारवाही गरिने समेत उल्लेख गर्नुभएको छ ।
कोरोना भाईरसको संक्रमण फैलिँदै गएपछि जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्येनजर गरि थप सतर्कता अपनाउन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न आदेशमा भनिएको छ ।
आजकै मितिदेखि यहि भदौ ७ गते राती १२ बजेसम्म लागुहुने गरी अत्यावश्यक सेवालाई निरन्तरता दिन र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गतिबिधि गर्न निशेध गर्नेगरी आदेश गरिएको हो ।
– खुल्ला स्थानमा भेला हुन तथा भिडभाड र सभा जुलुस गर्न ।
– भिडभाड हुने गतिबिधि जात्रा तथा महोत्सव गर्न ।
– नित्य हुने पुजा बाहेक धार्मिक गतिबिधि गर्न ।
– उद्योग÷व्यापार÷व्यबसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलाप ।
– चाडपर्व लगायतका धार्मिक सांस्कृति कार्यकालागि हुने जमघट ।
– शैक्षिक संस्थाहरु सञ्चालन गर्न ।
– सभा गोष्ठि, तालिम सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, व्यूटिपार्लर, स्पा, स्वीमिङ पुल, समुहमा खेलिने खेलकुद, खेल प्रस्तुती, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्न ।
– फूटपाथ, खुल्ला ठाउँ र ठेला गाडा÷साईकलमा सञ्चालन हुने व्यबसाय तथा कवाडी संकलन गर्न ।
– उद्योग व्यबसाय सञ्चालनकालागि स्वास्थ्य मापदण्ड विपरित श्रमिक÷कामदारको ओसारपसार गर्न ।
– टेक अवे बाहेकका होटल तथा रेष्टुराँ सञ्चालन गर्न ।
– बेलहीया नाका बाहेक गैरकानुनी रुपमा अन्य नाकाबाट मानिस ल्याउन लैजान ।
– नीजि तथा सार्वजनिक यातायात सञ्चालन गर्न ।
– तर मुख्य राजमार्गहरु सञ्चालनमा रहने ।