एक पत्रकार सहित बुटवलमा थप ३२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

1.3K

एक पत्रकार सहित बुटवलमा थप ३२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

बुटवल उपमहानगरपालिकामा एक जना पत्रकार सहित थप ३२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आज बुधबार थपिएका १६ जना महिला र १५ जना पुरुष रहेका छन् । त्यसमध्ये ५ जना एकै परिवारका हुन् ।
यो सहित बुटवल उपमहानगरपालिकामा संक्रमितको संख्या ४२ महिला र ८५ पुरुष गरि १२७ पुगेको छ । बुटवल उपमहानगरपालिका जनस्वास्थ्य शाखाका फोकल पर्सन कुन्दनकुमार सिंहका अनुसार १२० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।