बुटवलको कोरोना अस्पतालमा प्युठान स्वर्गद्वारीका एक पुरुषको मृत्यु

1.3K

बुटवलको कोरोना अस्पतालमा प्युठान स्वर्गद्वारीका एक पुरुषको मृत्यु


बुटवल । बुटवलको धागोकारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । ती व्यक्तिलाई श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

साउन अन्तिम साता भारतबाट आएका ती व्यक्ति स्थानीय क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै स्वास्थ्यमा समस्या देखिएपछि बुटवल ल्याएर आईसीयूमा उपचार भइरहेको थियो ।